प्रधानमन्त्री ओली भन्छन् कोभिड(१९) इज मोरद्‍यान इनफ

प्रधानमन्त्री ओली भन्छन् कोभिड(१९) इज मोरद्‍यान इनफ

काठमाडौं ४ असार  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा बोल्दै पछिल्लो समयमा चलेको शब्दबारे खोज गरेको बताए। उनले राष्ट्रियसभामा बोल्दै इनफ इज इनफ बारे आफूले चासो दिएको जानकारी गराएका हुन्।

पछिल्लो समय सरकारले गरेका कामकारबाहीबाट असन्तुष्टि जनाएका युवाले इनफ इज इनफ लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए । चरम भ्रष्टचार र जनताको स्वास्थ्य माथि लापारवाहि गरेको भन्दै युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

उनले उक्त विषयका बारेमा राष्ट्रिय सभामा बोल्दै इनफको के अर्थ हुने रहेछ भनेर खोजी गरेको बताए ।मैले सडकमा पनि हेरेँ, कोभिड(१९ इनफ इज इनफ । के हुँदोरहेछ भनेर खोजी हेरेँ ।

उनले भने कोभिड(१९) इज मोरद्‍यान इनफ, यो आउनै नहुने कसरी आयो । निशेध गर्ने खोजिएको हो । कसरी आयो? इनफ भयो । हदभन्दा बढी भयो ।उनले  भने, हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।



ट्रेन्डिङ