चितवनका मनकारी युवाहरुले गरे विभिन्न संघ संस्थालाई राहत बितरण

चितवनका मनकारी युवाहरुले गरे विभिन्न संघ संस्थालाई राहत बितरण

सुुनिता लामा-
रत्ननगर ४ असार । जारी लक डाउनपछि समस्यामा परेका सामाजिक संघ संस्थालाई केहि मनकारी युवाहरुले सहयोग गरेका छन् ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले आह्वान गरेको लक डाउनले सामाजिक संघ संस्थामा आश्रय लिएर बसेकाहरुलाई समस्या पर्न थालेपछि युवाहरु सहयोग गर्न जुरमुराएका हुन ।  भरतपुर स्थित मन्जुश्री असहाय संरक्षण केन्द्र, मानव सेवा आश्रम, आदर्श गृह , साहारा घर , आफन्त नेपाल, साना हात ,चितवन मानव सेवा आश्रम, आमाको माया छात्रवास, राम जानकि बाल आश्रम देबघाट लगायत विभिन्न संघ संस्थाहरुलाई राहत वितरण गरेका हुन ।

लकडाउनका कारण समस्यामा परेको जानकारी पाएपछि बुधबार करिव ७५ हजार बराबरकोे तरकारीहरु काक्रो , बन्दा, मुला , टमाटर , धनीया बोकेर सम्बन्धि संघसंस्था सम्म पुगेका थिए ।  यो अभियानमा सरोज क्षेत्री, सुजन लामा लगायतका युवाहरुले राहत वितरण गरेका हुन । मन्जुश्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडले लकडाउनको आपतकालिन अवस्थामा पनि अभाब र समस्या बुझेर आफुहरुलाई सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गरिन् ।



ट्रेन्डिङ