राष्ट्रियसभाबाट निशान छापसम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतले पारित

राष्ट्रियसभाबाट निशान छापसम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतले पारित

काठमाण्डौं ४ असार । राष्ट्रियसभाबाट पनि नेपालको नयाँ नक्सासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ । दफावर छलफलपछि मतदान प्रक्रियामा उपस्थित सबैले सदस्यले पारित गरियोस भन्ने पक्षमा मतदान गरेपछि राष्ट्रियसभा गणेश तिमिल्सिनाले विधेयक ​सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ माथिको दफावार छलफलका लागि सदनमा पेस गरेकी थिइन् । दफावर छलफलपछि मतदानको प्रक्रिया अपनाइएको थियो । मतदान प्रक्रियामा भाग लिएका राष्ट्रियसभाका ५७ जना सदस्यले पारित गरियोस भन्ने पक्षमा मतदान गरेका छन् भने विपक्षमा शून्य मत परेको छ ।

आज राष्ट्रियसभाबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कामकाजको लागि निशान छाप प्रयोगमा आउने छ ।



ट्रेन्डिङ