सुनखानी भेटियो भनिएको ठाउँको चितवनका सिडिओले स्थलगत निरीक्षण गरे -( भिडियो, फोटोसहित )

सुनखानी भेटियो भनिएको ठाउँको चितवनका सिडिओले स्थलगत निरीक्षण गरे -( भिडियो, फोटोसहित )

चितवन ४ असार । चितवनको कालिका नगरपालिकामा सुनखानी भेटिएको भनिएको ठाउँको प्रमुख जिल्ला अधिकारीले स्थलगत निरीक्षण गरेका छन् । कालिका नगरपालिकाको वडा नं. १ मा सुनखानी भेटिएको भन्ने खबर सुनेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आज विहानै स्थलगत निरीक्षण गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी संगै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, कालिका नगरपालिकाका प्रमुख ( मेयर) खुमनारायण श्रेष्ठ लगायतले स्थलगत निरीक्षण गरेका हुन ।  बालुवामा सुनजस्तै देखिने कर्णको विषयमा चौतर्फी चासो बढेको छ । निरीक्षण पछि स्थानीयले सुन भेटिएको भनिएको ठाउँलाई तत्कालका लागि यस्तै अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारीले आग्रह गरे । वडा अध्यक्ष लिलावहादुर गुरुङलाई यो ठाउँमा निगरानी बढाउन समेत उनले सुझाव दिए । यो विषयमा थप अध्ययनका लागि केन्द्रीय स्तरमा पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

सुनखानी भेटिएको भनिएको ठाउँमा आज पनि एकाविहानैदेखि सर्वसाधरणको भिड लागेको छ । सुन जस्तै देखिने खनिजका कर्णहरुका बारेमा त्यहाँ आउने सबैले आ–आफ्नो राय धारण राख्दै फर्किने गरेका छन् । हिजोको तुलनाम आज अझै हेर्न आउनेको भीड बढेको जग्गाधनी शन्तवीर स्याङताङले सुनाए ।  चितवनको कालिका नगरपालिकाको वडा नं. १ मा स्थानीय सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रम निस्किएको बालुवामा सुन जस्तै देखिने कर्ण निस्एिकपछि सुनखानी भन्दै हेर्न आउनेहरुको भिड लागेको हो । झण्डै १ सय ६० फिट गहिराई खनेपछि बालुमा सुन जस्तै देखिने कर्णहरु निस्किन थालेको हो ।

सुनखानी भेटिएको भन्ने हल्ला भएपनि प्रमाणित भएको छैन । यसका लागि खानी तथा भूगर्भ विभाग अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । नेपालका नदी, खोलानालाहरुमा पाइने बालुवामा सुन भेटिने गरेको विभिन्न अध्ययनले देखाए अनुसार ६० फिट गहिराईबाट निस्एिको बालुवामा देखिएको सुनजस्तै धातु सुननै नहोला भन्न सकिने अवस्था पनि छैन ।

नेपालका नदी किनारमा सुनको कण पाइने प्रतिवेदन आएको ८४ वर्ष पुग्यो। सुन खानीकै विषयमा तीनपटक अध्ययन समेत भइसक्यो। तर, उत्खनन्मा राज्यले चासो नदेखाउँदा गरगहना प्रयोजनका लागि वार्षिक करिब ३४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सात हजार दुई सय किलो सुन आयात भइरहेको छ। व्यापार घाटा बढ्नुमा सुन आयात पनि प्रमुख कारण हो।

खानी तथा भूगर्भ विभागले नेपालका नदीनाला किनारमा सुनको कण भेटिए पनि कुन स्थानमा कति परिमाणमा छ भनेर पत्ता लगाउन नसकेको जनाएको छ। विभागका अनुसार नेपालमा पहिलोपटक सन् १९३५ मा भारतीय वैज्ञानिक एस के चटर्जीले कालीगण्डकी नदी क्षेत्र वरपर अध्ययन गरेका थिए। उनको अध्ययनले त्यस क्षेत्रमा करिब चार लाख १३ हजार चार सय ८७ ग्राम सुन भण्डार रहेको प्रतिवेदन दिएको थियो। लगत्तै १९५८ मा जेआर मानन्धरसहितको टोलीले चितवनको मरोदी खोलामा गरेको अध्ययनले पनि सुन भएको संकेत दिएको थियो। तर, सुन पाइने स्थानमा सरकारले हालसम्म उत्खनन् गर्ने योजना समेत बनाएको छैन। नेपालको ११ स्थानमा सुन खानी भएको विभिन्न अध्ययनले देखाएको छ। विभागले हालसम्म नौवटा कम्पनीलाई सुनको खोज तलासका लागि अनुमति प्रदान गरेको छ।



ट्रेन्डिङ