साना व्यवसायिको वेग्लै पीडा, सुन्ने कस्ले ?

साना व्यवसायिको वेग्लै पीडा, सुन्ने कस्ले ?

दीपेन्द्र वर्तोला –
बिगत लामो समय देखि भरतपुर १० बालमन्दिर रोडमा अबस्थित दिपज्योती कार डेकोर ब्यबसाय गर्दै आउनु भएका राजेन्द्र घिमिरे र उनका भाई ज्योतिन्द्र घिमेर संगै मिलेर ब्यबसाय गरेको पाँच बर्ष भयो । तर ज्योतिन्द्र घिमिरे ब्यबसाय संचालन गर्नु अघि बेलायत थिए । पढ्नकै लागि उनी बेलायत पुग्य तब उनी बेलायतमा पाँच बर्ष बस्य तब उनिलाई लाग्यो बिदेशमा पढ्दै काम गर्न तेति सजिलो छैन । जति अरुले सोचेका छ्न ।

जब बिदेशमा यति धेरै कडा मेहनत परिश्रम गरेरे खाना र पढ्न मात्रै पुग्छ भने किन यहाँ बस्नु बरु आफ्नै देश नेपाल फर्कन्छु भन्ने लाग्यो । नेपाल आए पछि के गर्ने त भन्ने कुराले पिरोल्न थाल्यो । तब आफ्ना आफन्तले कार डिकोर अर्थात कार सजावटको सामन बेच्ने पसल गर्दा निकै राम्रो हुने सुझा दिए। सोहि अनुसार यो क्षेत्रको विषयमा उनीहरुले अध्ययन गर्न थाले । लामो समय अध्ययन गरेपछि यसको बजार र आवश्यकताका बारेमा बुझें । र दीपज्योती कार डेकोरको नाममा व्यवसाय संचालनमा जुटे । ,विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण विश्वभर अर्थतन्त्र धराशायी बन्दै गईरहेको छ। तर कहि नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पर्यो ।

अटो क्षेत्रको अवस्थालाई पनि ठूलो धक्का लाग्यो । लकडाउन त खुकुलो गर्यो सरकारले तर कस्तो किसिमको खुकुलो हो भनेर अझै आमसर्बसाधारण र व्यवसायिहरुले बुझ्न सकेको छैन । कोरोना बाट बच्नको लागि डब्लुएचओ र नेपाल सरकार मापदण्ड पूरा गरि ब्यबसाय त खोल्यो फेरि जोरबिजोर प्रणाली लागू गरेर अर्को पीडा व्यावसायिहरुलाई दियो । यिनीहरु भन्छन– म संग साधान एउटा मात्रै छ मोटरसाइकल तर बिजोर छ। अब जोर दिनको पालोमा कसरी म मेरो ब्यबसाय खोल्न आउन सक्छु । म भरतपुर महानगरपालिका वडा नम्बर २० शारदानगर स्थायी बसोबास गर्छु । मेरो घर देखि ब्यबसाय गरेको ठाउँ सम्म आउदा धेरै जसो ठाउँमा चेकिङ हुन्छ । दुख अनेक दिन्छन् । कर्मचारीको पनि हालत उहीँ छ। म पिटेको जस्तो गर्छु त रोएको जस्तो गर भनेको झै लाग्यो सरकारले ! सटर मात्र खोलेर व्यावसाय हुने होइन होला नि, आबश्यक पर्ने कार डेकोरका एसोसरिज सामानहरु ल्याउन निकै कठिन छ ।

मुखले भनेको जस्तो तेति सजिलो छैन। सहज भएको बेलामा जस्तो फोनकै भरमा सामान आउदैन । ब्यबसाय बोलिले होइन पैसाले चल्छ । आम ब्यबसायिहरुको हालत पनि उस्तै हो। कसैले धेरै लगानी गरे कसैले थोरै फरक यति मात्र हो। लगानी अनुसारको तनाव हो । घरभाडा ,बिजुली ,खानेपानी समेत तिर्न नसकेको अबस्थामा बैंकले ताकेता गर्छ किस्ता र ब्याजको लागि पैसा भए तिर्ने हो हामिहरुलाई नभए बैकल्पिक उपाय बताई दिनुपर्छ उनीहरुले भने।

उनीहरुले आफुहरुलाई अनुहार हेरेर ऋण दिएको नभई व्यवसायका आधारमा दिएका हुन । अब ब्यबसाय नै खस्केको छ कहाँ बाट दिने समस्या हजारौं छ कथा ब्यथा सुनाउने हो भने सात दिन सात रात लाग्छ । निन्द्रा लाग्दैन। सरकारले व्यवसायीहरुलाई हौसाला दिनु पर्छ । लकडाउनलाई अझै ब्यबस्थित गर्दै लानु पर्छ सबै ब्यबसाय खोल्न जरुरत छ । हामी सरल जिबनयापनमा फर्कनु पर्छ । यो अबको आबश्यकता हो ।

लकडाउ भय पस्च्यात हजारौ जनाले आत्महत्या गरेका छ्न । लाखौको रोजगारी समेत गुमेको छ । लकडाउनले मानिसहरु डिप्रेसनको सिकार समेत हुन सक्छ। यो वाट जोगाउन सरकारले साना ठूलो व्यवसायिहरुलाई लक्षित गरेर वेग्लैखालको प्याकेज कार्यक्रम ल्याउन आवश्यक छ ।



ट्रेन्डिङ