९ महिनासम्म पनि पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति नहुदा विध्यार्थिहरु आक्रोशित

९ महिनासम्म पनि पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति नहुदा विध्यार्थिहरु आक्रोशित

चितवन ४ असार। पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको ९ महिना भयो । यसै बीचमा रजिष्ट्रार, डीन, परीक्षा नियन्त्रक, लगायतका पदाधिकारीहरुको म्याद सकिएर पदहरु रिक्त भएका छन् । ३ संकायका डिन, ३ कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकको पद पनि खाली छ । एक वर्षदेखि कार्यकारी परिषद् र प्राज्ञिक परिषद्का बैठक नै बस्न सकेका छैन।

यस बीच दुई पटक काम चलाउ उपकुलपति नियुक्ति भए ।उपकुलपति पद रिक्त भएका अरु विश्वविद्यालयहरुमा भने उपकुलपति नियुक्ति भएपनि पोखरा विश्वविद्यालयमा भने अझै नियुक्ति हुन सकेको छैन। पोखरा विश्वविद्यालय मा झन्डै ३०००० विद्यार्थी अध्ययन गर्छन ।यो महामारी का कारण विश्वविद्यालय कसरी अगाडि बढने भन्ने विषयमा सबै अन्योल छन ।

उपकुलपति, रजिस्ट्रार, डिन, कार्यकारी निर्देशक र परीक्षा नियन्त्रक नियुक्त नहुँदा लकडाउनपछि कसरी अघि बढ्ने भन्ने कुरा अझै टुंगो लाग्न सकेको छैन ।पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयलाई लकडाउनपछि कसरी अघि बढाउने भन्नेमै अन्योल देखिएको छ । दीर्घकालीन रूपमा असर पर्ने शैक्षिक, प्राज्ञिक र परीक्षासम्बन्धी कामसमेत ठप्प छन् ।

उपकुलपतिको नाम सिफारिस गर्ने समितिको अध्यक्ष स्वयम् शिक्षामन्त्री गिरिराजमणि पोखरेल रहे पनि अझै सिफारिस गरेका छैनन् । गत वर्ष असोज ६ मै तत्कालीन उपकुलपति चिरञ्जीवी शर्माको चारवर्षे कार्यकाल सकिएको थियो ।शर्माको कार्यकाल पश्चात कायममुकायम उपकुलपतिमा बुद्धिराज जोशि इन्द्रप्रसाद तिवारी तोकिसक्यो। तर अझैसम्म पनि उपकुलपति नियुक्त नहुदा विध्यार्थिहरु आक्रोशित बनेका छन्। अहिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाइ दबाब स्वरुप मन्त्रालयका अधिकारिहरुलाइ मेसेज,मेल गर्ने अभियान सामाजिक संजालमा चलाएका छन्।

 



ट्रेन्डिङ