भरतपुरमा गरिएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि

भरतपुरमा गरिएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि

चितवन ४ असार । भरतपुरको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको छ ।

२ सय १० जनामा गरिएको परीक्षणमध्ये खैरहनी नगरपालिका ११ का २२ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका १३ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।



ट्रेन्डिङ