पानामा रोगका कारण मालभोग प्रजातीको केरा लोप हुने खतरा

पानामा रोगका कारण मालभोग प्रजातीको केरा लोप हुने खतरा

चितवन ४ असार । नेपालमा राम्रो मानिने मालभोग प्रजातीको केरा पानामा रोगले लोप हुने खतरा देखिएको छ । चितवनका किसानहरुले लगाएको मालभोग केरामा पानामा रोग धेरै फैलिँदै गएपछि मालभोग प्रजातिको केरा संकटमा परेको विज्ञहरुले बताएका छन् ।आजभन्दा झण्डै ७५ वर्षअघि संसारकै सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’ जातको केरा लोप भएको थियो । मालभोगमा पनि त्यही खालको खतरा पैदा भएको विज्ञहरुले बताएका छन् ।

केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, बोट फाट्ने, गुभोभन्दा तलैबाट केरा पसाउने, बाङ्गोटिङ्गो हुने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ । चितवनको केरा उत्पादन हुने पदमपुर क्षेत्रमा मालभोग केराको बगान नस्ट हुँदै जान थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले अबको पाँच वर्षमा चितवनमा मालभोगले धेरै केरा बगान नस्ट गर्ने बताए । ‘हर्दिनाथ १ धानमा नेक ब्लाटले ध्वस्त बनाए जस्तै मालभोगमा पानामा खाएर सक्ने अवस्था आएको छ, यसको कुनै उपचार छैन,’ परियोजना प्रमुख तिमिल्सिनाले भने । चितवन केराको पकेट क्षेत्रको रुपमा विकास भइरहेको ठाउँ हो ।



ट्रेन्डिङ