नेपालमा कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु

नेपालमा कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु

नेपालगञ्ज ३ असार । नेपालमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

कैलालीको लम्की चुहा नगरपालिका(२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।

साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए । लम्कीचुहाका मेयर महादेव बजगाईँका अनुसार मृतक महिला केही समयदेखि बिरामी थिइन् ।



ट्रेन्डिङ