पहिरो अपडेटः राती अबेर भएकाले पहिरो हटाउने काम स्थगीत

पहिरो अपडेटः राती अबेर भएकाले पहिरो हटाउने काम स्थगीत

चितवन ३ असार । राती भएकाले अबरुद्ध मुग्लिन—नारायणगढ सडकखण्ड संचालन गराउने काम आजका लागि स्थगीत भोली विहानैदेखि पहिरो हटाउने काम सुरु हुने चितवन प्रहरीले जानकारी दिएको छ  । १५ घण्टा पछि एक तर्फि सञ्चालनमा आएको मुग्लिन—नारायणगढ सडकखण्ड पुन अवरुद्ध भएको छ । पहिरोका कारण बिहानै देखि अवरुद्ध मुग्लिन—नारायणगढ सडक एकतर्फी रुपमा सुचारु भएको केहि समयमा पुन अबरुद्ध भएको हो।

आज बिहान करीब सवा ४ बजे तिर इच्छाकामना ६ चारकिलो डाडामा गएको पहिरो १५ घण्टा लगाएर हटाएर साँझ ६ः४५ बजे देखि एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको भए पनि पुन ७ः१५ पहिरो खसेपछि अबरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

रातको समय भएकोले तत्काल बाटो सञ्चालनमा ल्याउने सम्भावना नभएको पनि प्रहरी कार्यलयले जनाएको छ ।



ट्रेन्डिङ