१४ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक खण्ड

१४ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक खण्ड

चितवन ३ असार। बिहान ४ः १५ बजे खसेको पहिरो खसेपछि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड १४ घण्टापछि खुलेको छ। बिहान ४ः १५ बजे खसेको पहिरो साझँ ६ः ३० बजे पन्छाएर सडक नियमित गरिएको हो।

नारायणगढ-मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा यौँ सवारी सडकमा अलपत्र परेका थिए। सडक खुलेसँगै सवारीहरू गन्तव्यतर्फ लागेका छन्।



ट्रेन्डिङ