युनिसेफद्धारा नेपाललाइ स्वास्थ्य सुरक्षा उपकरण र सामाग्रीहरू सहयोग

युनिसेफद्धारा नेपाललाइ स्वास्थ्य सुरक्षा उपकरण र सामाग्रीहरू सहयोग

काठमाडौ ३ आषाढ। एसियाली विकास बैंक ९एडिबी०को अनुदान मार्फत कोभिड(१९) महामारी विरुद्ध कार्यरत स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि युनिसेफले आज नेपालमा स्वास्थ्य सुरक्षा उपकरण र सामाग्रीहरू उपलब्ध गराएको छ। एसियाली विकास बैंकले संयुक्त राष्ट्रसघीय बाल कोषलाइ प्रदान गरेको ३ लाख डलर बराबरको अनुदानबाट नोभेल कोरोना भाइरस महामारीको विरुद्ध जारी प्रतिकार्यमा नेपाललाई सघाउनको लागि आपतकालीन स्वास्थ्य सामाग्री तथा उपकरणहरू खरिद गरिएको युनिसेफ नेपालले जानकारि गराएको हो ।

नेपालमा कोभिड (१९) विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरुलाइ सुरक्षित राख्नलाइ अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको युनिसेफ प्रतिनिधिले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आइपुगेका स्वास्थ्य सामाग्री तथा उपकरणहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका आवश्यकता अनुरूप देशै भरिका कोभिड(१९ अस्पतालमा आइसोलेसन वार्ड तयार गर्नको लागि प्रयोग हुनेछन् ।

नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विस्कले भन्नुभयो स् “नेपालले सामना गरिरहेको कोभिड(१९ संकट विरुद्ध योगदान गरेकोमा तथा जीवन बचाउने नेपाल सरकारको क्षमतालाई अझ सुदृढ तुल्याउने महत्वपुर्ण स्वास्थ्य उपकरणको खरिद गरि उपलब्ध गराउनको लागि आफ्नो विज्ञताको उपयोग गर्न युनिसेफलाई मद्दत गर्ने यो हाम्रो साझेदारीको लागि एसियाली विकास बैंकलाई धन्यवाद दिन चाहन्छौं । बालबालिका र युवाहरु लगायतका उच्च जोखिममा रहेका समुहहरुलाई सुरक्षित राख्नको लागि हामीले मिलेर सहयोग गर्न सक्छौं।ू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आइपुगेका स्वास्थ्य सामाग्री तथा उपकरणहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका आवश्यकता अनुरूप देशै भरिका कोभिड(१९) अस्पतालमा आइसोलेसन वार्ड तयार गर्नको लागि प्रयोग हुनेछन् ।

 

 

 



ट्रेन्डिङ