मोदीले दिए कडा जवाफ फर्काउने चेतावनी

मोदीले दिए कडा जवाफ फर्काउने चेतावनी

काठमाडाैं ३असार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा परी मारिएका २० जना भारतीय सैनिकलाई बुधवार श्रद्धाञ्जलि दिएका छन् ।

मुख्यमन्त्रीहरूसँगको भर्चुअल बैठकअघि आँखा चिम्लेर हात जोड्दै उनले दुई मिनेटको मौनधारणका साथ श्रद्धाञ्जलि दिएका थिए ।

त्यसक्रममा उनले भने, ‘हाम्रा सैनिकको बलिदान खेर जाँदैन भनी देशलाई सुनिश्चित गराउन चाहन्छु । हाम्रो लागि देशको एकता र सम्प्रभुता सबभन्दा महत्त्वपूर्ण कुरा हो ।’

‘भारत शान्ति चाहन्छ तर आवश्यक परेमा जस्तालाई त्यस्तै जवाफ फर्काउने क्षमता हामीसँग छ,’ उनले थपे ।

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन्



ट्रेन्डिङ