तीब्र आलोचनापछि अलपत्र पर्यटकसँग भिसा शुल्क उठाउने निर्णयवाट गृह पछाडी हट्यो

तीब्र आलोचनापछि अलपत्र पर्यटकसँग भिसा शुल्क उठाउने निर्णयवाट गृह पछाडी हट्यो

काठमाण्डौं २ असार । ‘विदेशमा समस्यामा परेका तपाईंका नागरिकलाई हामीले आम माफीसम्म दिएर संरक्षण गरिराखेका छौं, तपाईंहरूले नेपालमा फसेका हाम्रा नागरिकलाई किन भिसा शुल्क लगाइरहनु भएको छ’ अध्यागमन विभाग र पर्यटन बोर्डका अधिकारीहरूले सोमबार र मंगलबार नेपालस्थित विदेशी दूतावासबाट बारम्बर यस्ता प्रश्नको समाना गर्नुपर्‍यो।

गृह मन्त्रालयले नेपालमा थुनिएका पर्यटकको भिसा नवीकरण गर्दा अध्यागमन विभागमार्फत पुरानो नियमअनुसार नै भिसा शुल्क उठाउन थालेपछि विदेशस्थित दूतावासहरूले यस्तो प्रश्न लिएर गृह धाउन थालेका हुन् । जरिवानाबापतको राजस्वको लोभमा अप्ठ्यारोमा परेका विदेशीहरूसँग जरिवाना असुल्ने क्रम चुलिएपछि नेपालमा रहेका विभिन्न देशका दूतावासहरूको नेपाल सरकारको नीतिको आलोचना गरेका छन् ।

करिब तीन महिनासम्म नेपालमा रोकिँदा बेखर्ची बनेका पर्यटनसँग असार १ र २ गते भिसा नवीकरण गर्दा विभागले दैनिक ३ डलरका दरले भिसा शुल्क उठाएको हो। यसअघि गृह मन्त्रालयले लकडाउनको अवधिमा भिसा सकिने पर्यटकसँग लकडाउन खुलेको ७ दिनसम्म विनाकुनै शुल्क तथा जरिवाना भिसा नवीकरण गर्ने निर्णय गरेको थियो ।

विगतमा जरिवाना नलिनेबारे दिइएको सूचना
तर लकडाउन लम्बिएपछि गृहले नेपालमा थुनिएका पर्यटकबाट पैसा उठाउने एक जुक्तिस्वरुप विलम्ब शुल्क र जरिवाना नलिने तर, भिसा शुल्क लिने निर्णय गर्‍यो ।

 



ट्रेन्डिङ