कोेरोना संक्रमणका कारण रत्ननगरका एकजनाको विदेशमा मृत्यु

कोेरोना संक्रमणका कारण रत्ननगरका एकजनाको विदेशमा मृत्यु

सुनिता लामा-
चितवन, असार २ ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट साउदीमा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार होम क्वारेनटाईनमा रहेका रत्ननगर ७ का ४६ वर्षीय दल बहादुर लामाको रियाद स्थित आफ्नै कोठामा मृत्य भएको हो । वैदेशिक रोजगारीको क्रममा बिगत १४ बर्ष देखि साउदीको रियाद बस्दै आएका लामाको कोरोनाका कारण मृत्यु भएको रत्ननगर ७ का वडा सदस्य सोम बहादुर तामाङले बताए ।

उनका अनुसार ज्वरो आएर अस्पताल लगिएको भए पनि अस्पतालमा संक्रमितका लागि ठाँउ नपाए पछि लामालाई उनकै कोठामा फिर्ता पठाईएको थियो । मृत्यु पछि स्वाव संकलन गरि अस्पताल पठाईएको र सोमबार उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले पुष्टि गरेको वडा सदस्य तामाङले बताए ।  आईतबार मात्रै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको तथ्याकं सार्वजनिक गरेको थियो ।

तथ्यांक अनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन भने संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यस्तै, एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

फाइल फोटो –



ट्रेन्डिङ