चिनियाँ सैनिकसँग भएको झडपमा एक सैन्य अधिकारी र दुई भारतीय जवानको मृत्यु

चिनियाँ सैनिकसँग भएको झडपमा एक सैन्य अधिकारी र दुई भारतीय जवानको मृत्यु

एजेन्सी । लामो समय देखि चीन र भारतबीच भइरहेको सीमा विवाद अझै टुंगिएको छैन । दुवै देशका अधिकारीहरु पटक पटक वार्ता गरेपनि समस्या सामाधान हुनुको साटो झन बढ्दै गइरहेको छ । दुवैदेशका सेनाहरुबीच सीमाकै विषयलाई लिएर हातहालाहाल सम्मको अवस्था पुगेको थियो । तर अब अवस्था अझै गम्भीर बन्दै गएको छ । पछिल्लो समय भएको दुईसेनाबीचको झड्मा भारका तीनसैनिकको ज्यान गएको छ ।

गलवान भ्यालीमा चिनियाँ सैनिकसँग भएको झडपमा एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको हो । भारत सरकारको आधिकारिक बयानअनुसार गलवान भ्याली सीमामा सैनिक पछाडि हट्ने क्रममा झडप भएको हो । भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति दुवै देशका सेनाबीच भएको संघर्षमा एक अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारी अनुसार अहिले दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु यो विषयको विवाद सुल्झाउनका लागि घटनास्थलमा बैठक गरिरहेको बीबीसीले समाचारमा जनाएको छ । गलवान भ्याली भारत(चीनको लद्दाख सीमा रेखाअन्तर्गतको क्षेत्र हो । पछिल्ला दिनमा यस क्षेत्रमा चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको विषयमा दुई देशबीच तनाव उत्पन्न भएको छ ।



ट्रेन्डिङ