खेलकुदलाई लक्षित गरेर प्रदेश सरकारले ल्याएको योजना र बजेट यस्तो छ

खेलकुदलाई लक्षित गरेर प्रदेश सरकारले ल्याएको योजना र बजेट यस्तो छ

काठमाण्डौं २ असार । सबै प्रदेशले आर्थिक बर्ष २०७७/७८ का लागि बजेट भाषण गरेका छन । कुन क्षेत्रमा के कस्ता कार्यक्रम आउने हो सबैको काैतुहलताको बिषय बनेको थियो।, खेलकुद क्षेत्रसङ्ग चासो राख्ने जो कसैलाइ पनि प्रदेशले सरकारले खेलकुद क्षेत्रमा के कति बजेट छुट्याएका छन् भन्ने चासो रहेको छ । खेलकुदलाई लक्षित गरेर प्रदेश सरकारले ल्याएको योजना र बजेट यस्तो छ ।

प्रदेश एक:
आर्थिक बर्ष २०७७–७८ का लागि प्रदेश एक सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।प्रदेश एकले आज सार्वजनिक गरेको बजेटमा प्रादेशिक एंव जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पुर्वाधारको स्तरोन्नती तथा निर्माण कार्यलाई जोड दिने बताएको छ । जसमा धरानमा खेलकुद ग्राम निर्माण गरिनेछ । विराटनगरमा शहिद मैदानमा फल्र्डलाइट निर्माण कार्य यसैबर्ष सम्पन्न गरिने उल्लेख छ।
खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिदै खेलकुद निर्माणाधीन पूर्वाधारको विकास र विस्तारका लागि ३० करोड बजेट छुट्याएको बताएको छ ।यसका साथै प्रदेश खेलकुद बोर्डको आवश्यकता संरचना निर्माण गरिनेछ, प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने बताएको छ ।
प्रदेश दुइ:
ख‍ेलकुदमैत्री पूर्वाधारहरुकाे विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियाेगिता सञ्चालन गरि समग्र खेलकुद क्षेत्रकाे विकास गरिने छ । यस्का लागि प्रदेश २ सरकारले मलंगवा रंगशालाकाे स्तराेन्नतिका लागि प्राथमिकता दिइने उल्लेख गरिएकाे छ ।
बागमती प्रदेश:
बागमती प्रदेशको बजेट भाषणमा विकास, गतिशिलता र श्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ पुर्वाधार निर्माणमा जोड दिएको छ । बागमती प्रदेश सरकारले खेलकुदका लागि ७९ करोड १३ लाख रुपैयाँ छुट्याएको छ ।
जसमा बहुबर्षिय र क्रमागत आयोजनाहरुको निरन्तरता एंव स्थानीय तहमा भएका खेल मैदान निर्माण गर्ने कार्य र खेलाडीको क्षमता विकासमा जोड दिने बताइएको छ । स्थानीय खेल प्रवद्र्धन, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता तथा राष्ट्रिय प्रतियोगिताको सहभागिता समेत ब्यवस्थापन गरेको बताएको छ । खेलकुदको क्षेत्रमा ७९ करोड १३ लाख बजेट छुट्याएको छ ।
गण्डकी प्रदेश:
गण्डकी प्रदेशको सोमबार बजेट प्रस्तुत गर्दै प्रदेशको समग्र खेलकुद विकासलाई मुख्य एजेन्डामा राखेको बताए । प्रदेशको खेलकुद कानुन नीति निर्माण तथा संरचनालाई प्राथमिकतामा राख्दै प्रदेश स्तरिय बहुउद्धेश्यिय रंगशाला, क्रिकेट रंगशाला, उच्च उचाई खेल मैदान, गल्फ कोर्ष, स्कीको तालिम केन्द्र र जिल्ला स्तरिय रंगशाला तथा एक स्थानिय तह एक खेल मैदानका लागि ८ करोड ४५ लाख विनियोजन गरेको छ ।
पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ भने विजयी खेलाडीलाई पुरस्कृत गर्न आवश्यक बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताएका छन ।अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीलाई प्रोत्साहन भत्तासंगै समग्र खेलकुद बिकासका लागि रकम छुट्टाएको छ । यससंगै मुख्य मन्त्री कप फुटबल प्रतियोगितालाई समेत प्रदेश सरकारले निरन्तरता दिने भएको छ ।
प्रदेश ५:
प्रदेश नम्बर ५ सरकारले दुई रंगशालालाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक बर्षको बजेट विनियोजन गरेको छ ।
नयाँ आर्थिक बर्षको बजेट बिनियोजन गर्दै खेलकुद क्षेत्रतर्फ निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफ स्तरको बनाईने छ ।प्रदेश सरकारले मुख्यमन्त्री रनिङशिल्ड लगायतका खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफ स्तरको बनाउन १२ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
यस्तै, रुकुम पूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरि पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन गर्न समेत प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिएको छ ।
कर्णाली प्रदेश:
राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता आयोजना तयार तथा खेलाडीको प्रशिक्षणका लागि विरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम अगाडी बढाउने, साथै जिल्लामा रंगशाला कर्भडहल र खेलमैदानका काम अगाडी बढाउने, खेल क्षेत्रको स्तरोन्नती तथा खेलाडीको वृत विकाशका काम सञ्चालन गरिने । युवा परिचालन र खेलकुद विकाशका लागि १५ करोड ६०लाख विनियोजना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश:
खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ र अनुशासित तथा युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खुेलकुद मैदान निर्माण एंव स्तरोन्नती गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजना गरेको छ ।यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न सक्ने अत्याधुनिक एंव सुविधासम्पन्न रंगशाला निर्माणका लागि महेन्द्रनगर तथा धनगढी रंगशाला स्तरोन्नती र संरचना सुधारका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रति आकर्षण बढाउनका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजना गरेको छ ।

हरेक वर्ष बजेट भाषणमा मात्र सिमित खेलकुद क्षत्र यस वर्ष पनि भाषणमा मात्र सिमित हुन्छ कि यसले मुर्त रुप लिन्छ यो भने समयले बताउने छ।



ट्रेन्डिङ