बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत

हेटौडा १ असार । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बजेट प्रस्तुत गरिरहेका छन् । बजेट भाषण ठिक साँझ ५ बजे प्रस्तुत गर्ने पूर्वनिर्धारित समय थियो । पूर्वनिर्धारित समयभन्दा करिब १५ मिनेट ढिलो गरेर बजेट भाषण संसदमा प्रस्तुत भएको छ । तर, बजेट भाषण प्रस्तुत गर्न सदनको रोस्टममा पुगेका मन्त्री ढुंगेलले ब्रिफकेश खोल्न नसक्दा बजेट निर्धारित समयभन्दा ढिलो प्रस्तुत भएको जनाइएको छ ।

‘बागमती प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले ब्रिफकेस नखुल्दा बजेट पढ्न पाएका छैनन्ु प्रदेशसभा सचिवालयको विश्वसनीय स्रोतले शिलापत्रलाई भन्यो । बजेट पढ्न भनी रोष्टममा पुगेका उनले ब्रिफकेस नखुलेपछि बजेट पढ्न नपाएका हुन् ।

मन्त्री ढुंगेलले ब्रिफकेस खोल्न खोजे तर खुलेन । कोड बिर्सिएका कारण ब्रिफकेश नखुल्दा आर्थिक मामिला मन्त्री निकैबेर अलमलमा परे । निकै समयपछि उनले ब्रिफकेसको कोड पाएपछि ब्रिफकेस खोलेको स्रोतले जानकारी दिएको छ ।



ट्रेन्डिङ