मुग्लानवाट आफ्नै घर भित्रको राजनीतिलाई नियाल्दा

मुग्लानवाट आफ्नै घर भित्रको राजनीतिलाई नियाल्दा

दुर्गादत्त पौडेल-

अराजक,अनुशानहिनता,दरीद्र चिन्तन,उच्छृङ्खलहरुको नेतृत्वले समस्याको समाधान निकाल्न सक्दैन।यसबेला विश्वमा फैलिईरहेको महामारी रोग कोरोना कोभिड – १९ बाट आक्रान्त छ। देशको अर्थतन्त्र, व्यपार, बिजनेश चौपट छ। गाँस,बाँस,कपासको समस्याले गरीब,दुःखी,निमुखाहरुको अवस्था नाजुक छ । गाउँ,बजार,समाज बन्द छ रोग,भोक र अर्थतन्त्र ठप्प छ। प्रवास मुग्लान पुगेका लाखौ लाख आफ्ना आफन्त,सन्तानहरु यस बेला पिर चिन्तालेले तरही तरही छन।बिदेशका भूमिमा लाखौ लाख प्रवासीहरु अलपत्र छन।

यस्तो बिषम परिस्थितिमा आज केही तत्वहरु नेपाल देशको सडकहरुमा ताण्डबनाच नाच्न पुगिरहेका छन।सङ्कटको यस समयमा ती अराजकहरुको भिडले आज देशमा कोरोनाको माहावारीलाई समुदाय बीचमा फैलाउन तल्लीन छन । कस्तो बिडम्बाना नेपालको आन्तरीक मामलामा देशी बिदेशी शक्तिहरुको चलखेल भइरहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सङ्घलग्न छ भन्नेकुरा आज छर्लङ्ग देख्न सकिन्छ,जो बिदेशी खुफिया एजेन्सीहरु नेपाली नागरीकताधारिहरुलाई दाना,पानी,तलब,भत्ता खुवाएर केही पत्रकारीताको नाउमा पालेकाछन त केही सामाजिक अभियान्ताको नाउमा त केहि राजनीती र केही बौद्धिक जमातको रुपमा उनीहरु परिचालीत गरेर देशको आन्तरीक राजनीति,सामाजिक सांसकृतिक,आर्थिक रुपमा घेर्ने प्रयास गरेका हरेक घटना क्रमले देखाई रहेकै छन ।यसबेला सिङ्गो देशलाई कोरोनाको बिरुद्ध एकताबद्ध बनाएर अगाडि बढनु र बढाउने साटो उल्टो अराजक बनेर देश र जन्तालाई कोरोनामय बनाउन खोजि रहेका छन।ती देशी बिदेशी शक्तिहरु आज सरकारले देशको रास्ट्रीयताको बिषयमा एक बनेर अगाडि बढीरहेको यस घडीमा ती गलत तत्वहरु सरकारका असल कार्यबाट छटपटाउन पुगेर उनीहरुलाई निन्द्र लागीरहेको छैन ।

ती गलत तत्वहरु हिजो देशमा भ्रष्टाचार गरेर रमाएकाहरु देशलाई कसैको काखमा सुम्पन्न पुगेका दलालहरु,मानव समाजको उद्धार र सहयोगको नाउबाट अभियान्तकारी बनेकाहरु जो अधेरीको जुनकीरीलाई साहारा बनाएर अपराधिक खेल खेल्न सिकेकाहरु सुर्यको बिहानीको उदय सगै हसिलो चेहेरा लिएर साधुबाद बन्दै गाउँ बेशि घुम्ने गर्दछन।ती अभियान्तकारीहरु गरीबको मानो लुटेर अरु प्रति जालसाजि गरेर सर्वेहाराको मन्थन गर्ने गर्दछन्। आफै अनेकौ अपराधिक क्रियाकलापमा सङ्लग्न रहेर अधेरी रातमा बच्न र बचाउने कार्यमा हातमा टोपी लिएर दौडनेहरु नै समाजका अगाडि न्यायधिश बनेर खडा हुने गर्देछन।ती अपराधिक मनुवाहरुलाई समाजले गल्ती हो भनेर प्रमाणित गरि सकेपछी बचाउने र जोगाईदिने खेलमा आफु साहासि बौद्धिक यात्री बनेका धमिराहरु नै पछि आफु कुनै जानकार नभएको व्याख्या गर्ने पछि पर्दैनन ।

समाजलाई अन्धकार तर्फ धकेल्न पल्केकाहरु देश र जन्तालाई बन्धक बनाएर दुई छाक टार्न पल्केकाहरु नै आजपनि समाजलाई आफ्नो स्वार्थ अनुकुल परिचालित गर्ने गराउन न्वारन देखीकै बल प्रयोग गर्ने पुगेका छन्। त्यस प्ररकारका चिन्तनहरुलाई समाजले बेला बखत झापट दिई सक्दापनि चेपारे छेपारे बनेर आफु सहि र अरु खराव भएको भनेर समाजका अगाडि व्याख्या गर्नपछि पर्देन्न । समाजका अगाडि गिरी सकेका पात्रहरु नै आफै माहान दार्शिनीक,साहासि योद्धा भएको ग्रन्थ सुनाउन पुग्दछन।ती त्यस्तै दरीद्र चिन्तन बोकेका मनुवाहरु कहिले पार्टीकोको व्यनरमा लिडर बनेर देखीन्छन त कहिले सामाजिक अभियान्ता बनेर त कहिले स्वतन्त्र बनेर आफ्नो स्वार्थ अनुकुल कहिले पार्टी छाड्दछन त कहिले पार्टी सार्टी केही हैन भन्दै समुदायलाई भ्रम छर्न पनि पछि पर्दैन्न ।जब सम्म हरेक व्यक्तिले,समाजले त्यस प्ररकारका मनुवाहरुलाई चिन्न सक्दैनौ तब सम्म ती तत्वहरु विभिन्न षड्यन्त्र गर्ने गराउने खेलमा लागि रहन्छन।जबसम्म जनताले दिएको जिम्मेवारीलाई अनुशासित,ईमान्दारीता,नैतिकताका साथ आफुलाई स्थापित गर्दैनन तब सम्म समाजमा यस प्ररकारका गलत तत्वले समाजलाई गुम्राहामा पार्ने काममा सक्रिय बनि रहन्छन् नै।सरकारको बिरोध गर्ने अनेकौ उपाय र बिकल्पहरु छन,भ्रष्टचारकोको हिसाब किताब खोज्ने सम्बन्धित निकाय छन।

सबै राजनीतिक पार्टीका निर्वाचित सयौँ सयौँ प्रतिनिधिहरु छन।उनीहरु मार्फत पनि समस्याको उठान र समाधान तर्फ केद्रित गर्ने गराउन सकिन्छ नै, सरकार फेर्ने समय अबधि पनि जन्तामा निहित छ नै जो समय अबधिमा आईहाल्छ। त्यस बेला निर्णय गर्ने अधिकार जनतामा सुरक्षित रहेको सबैलाई जानकारी छ नै। वर्तमान समयको यस सरकारले एउटा देशको निर्भरताबाट बहुदेशिय तर्फ केन्द्रित गर्न सफल भएको छ।बिदेशीहरु कै शरणमा हैन आफैमा आत्मनिर्भर गर्ने गराउन केन्द्रित छ।देशको प्रतिरोधात्मक क्षमता विश्वको सामु बडाउन सफल भएको छ।यस अर्थ यसबेला देशभित्रका आफ्ना समस्याहरु आफै भित्रबाट समाधान तर्फ केन्द्रित हुदै स्थानिय प्रदेश पक्ष,प्रतिपक्ष आम जनसमुदाय गम्भीर बनेर अगाडि बढनु पर्ने समयको माग बनिरहेको छ।

वर्तमान सरकारकै अगुवाईमा आज देशको भुमि र नक्शा नेपाल र नेपालीको भएको हो भन्ने प्रमाण आज संसदबाट अत्यधिक बहुमतले पारीत गरेको छ।सरकारले आज सबैलाई साथमा लिन सफलभएको छ। आगामी दिनमा पनि सबै एकभएर अगाडि बढनु पर्ने र यस्को बिकल्प पनि छैन।एकले अर्को तर्फ औला उठाने भन्दा पनि सहि र गलतको यथार्थमा अगाडि बढनु पर्ने अति आवश्यक देखीन्छ।यस कोरोनाको महामारीबाट देश र जन्तालाई पार लगाउँ,देशी बिदेशी शक्तिहरुबाट देशलाई बचाउँ।सरकार परिचालन र सघंर्ष गर्दे गरौला यसैमानै सबैको भलो छ। चेतना भया।
( लेखकः प्रवासी नेपाली सघ भारत केद्रीय सगठन बिभाग सदस्य हुनुहुन्छ । ) 



ट्रेन्डिङ