चितवनमा थप एकजना सहित सातजनामा कोरोना संक्रमण देखियो

चितवनमा थप एकजना सहित सातजनामा कोरोना संक्रमण देखियो

भरतपुर, १ असार । चितवनमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर १४ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनीसँगै अन्य ६ जनामा पनि संक्रमण देखिएको । उनीहरु अर्घाखाँची, नवलपुर र नुवाकोटका रहेका छन् ।

प्रयोगशालामा जेठ ३२ गते परीक्षण गरिएको ३ सय ८१ नमूना मध्ये ७ जनामा पोजेटिव रिपोर्ट आएको हो । अस्पतालका अनुसार सल्यानको ८६, भरतपुर अस्पतालका १८, भरतपुरस्थित क्यान्सर अस्पतालका १८, चितवन मेडिकल कलेजका ९, पुरानो मेडिकल कलेजका ३१, नुवाकोटका ३२, अर्घाखाँचीका १२१, भरतपुर महानगरपालिका भित्रका क्वारेन्टिनका ३३, खैरहनीका ८, सेन्ट्रल अस्पतालका १, नवलपुका २४ जनाको परीक्षण गर्दा ३ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

भरतपुर महानगरका वडा नं. १४ चितवन बस्ने वर्ष ३६ का पुरुष, नवलपुर वौदीकाली ४ बस्ने वर्ष २० का पुरुष, ताराकेश्वर ५ नुवाकोट बस्ने वर्ष ६ र वर्ष ३१ का महिला, भुमिकास्थान ६ अर्घाखाची बस्ने वर्ष २०, वर्ष ३५ र वर्ष ३५का पुरुष गरी जम्मा ७ जनामा कोभिड १९ पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।



ट्रेन्डिङ