सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदै

सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदै

काठमाडौं १ असार । सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म निर्धारण गरिएको छ । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । लकडाउनका कारण ८३ दिनसम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यसअघि गरेको थियो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ ।

मन्त्रालयलगायतका केही केन्द्रीय निकायहरुबाट आंशिक रुपमा सेवा प्रवाह हुँदै आए पनि अन्य कार्यालयहरु बन्द रहँदै आएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी आजबाट सबै सरकारी कार्यालयबाट सेवा सुचारु गर्न लागिएको बताए ।



ट्रेन्डिङ