पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु

पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु

पर्वत ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका(३ दुर्लुङको काहुलेमा पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ६ र विकास विकको परिवारका ३ जनालाई पहिरोले पुरेको हो ।

पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ । त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विकलाई पहिरोले पुरेको छ ।

आइतबार साँझसम्म जेनिस बेपत्ता छन् भने अरुको शव भेटिएको छ । तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।



ट्रेन्डिङ