जोखिम न्यूनीकरण गर्न चितवन प्रशासनले केही सर्तहरु सार्वजनिक गर्यो

जोखिम न्यूनीकरण गर्न चितवन प्रशासनले केही सर्तहरु सार्वजनिक गर्यो

भरतपुर ३२ जेठ । चितवन प्रशासनले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि केही सर्तहरु सार्वजनिक गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केन्द्रीय सरकारको नीति अनुसार लकडाउन खुकुलो पारिएको जानकारी दिए ।

चितवनमा असार १ गतेदेखि जोरविजोर प्रणालीमा सवारी चल्न पाउने भएका छन् । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी गुड्न पाउने प्रशासनले जनाएको छ । प्रशासनले आइतबार पत्रकार सम्मेलन गरी यो नियम असार १ गतेबाट कार्यान्वयनमा आउने बताएको छ । कुनै पनि ढुवानीका वस्तु र साधनमा रोक नलगाइने भएको छ । सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु दुई सिफ्टमा खुल्ने भएका छन् । विहाने ८ बजेदेखि १ वजेसम्म र १ बजेदेखि ६ बजेसम्म २ सिफ्टमा चलाउने निर्णय भएको प्रजिअ भट्टराईले बताए ।

आइतबार प्रशासन कार्यालयमा राखिएको प्रमुखहरुको वैठकमा केही कार्यालयका प्रमुखले कर्मचारी अभावले दुई सिफ्ट प्रभावकारी नहुने गुनासो राखेका थिए । बढी भीडभाड हुने कार्यालयहरु मालपोत, राजश्व, नापी, प्रशासनमा दुई सिफ्ट अनिवार्य गरिएको छ ।

प्रजिअ भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो सिफ्टमा नागरिकता र राहदानी दिने भएकोे छ । प्रशासनसँग सम्बन्धित अन्य सेवाहरु भने दोस्रो सिफ्टमा दिने उनले जानकारी दिए । त्यस्ता सेवा प्रदायक निकाय सवैले जनस्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्नेछ । मापदण्ड पूरा भए नभएको बारे अनुगमन गरिने र गल्ती कमजोरी भेटिएमा कारबाही समेत गरिने प्रजिअ भट्टराईले बताए ।



ट्रेन्डिङ