कोरोना संक्रमणको कारण नेपालमा थप एकजनाको मृत्यु, मृत्युहुनेको संख्या १९ पुग्यो

कोरोना संक्रमणको कारण नेपालमा थप एकजनाको मृत्यु, मृत्युहुनेको संख्या १९ पुग्यो

काठमाडौं ३२ जेठ । कोरोना संक्रमणवाट नेपालमा थप एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार साँझ आइसोलेसनमा रहेका गुल्मी धुर्कोट गाउँपालिका ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार ती संक्रमितको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको हो । क्यान्सरका बिरामी समेत रहेका उनी भारतबाट आएका थिए । संक्रमित शवको नेपाली सेनाको टोलीले राति नै व्यवस्थापन गरिसकेको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।



ट्रेन्डिङ