पत्रकार महासंघले गर्‍यो चितवनका २५७ जना पत्रकारको दुर्घटना विमा ( भिडियो, फोटो सहित )

पत्रकार महासंघले गर्‍यो चितवनका २५७ जना पत्रकारको दुर्घटना विमा ( भिडियो, फोटो सहित )

चितवन , ३२ जेठ । नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका पत्रकारहरुको दुर्घटना बिमा गराएको छ । हरेक पत्रकारको ३ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको महासंघ चितवनका सचिव तीर्थ नेपालले जानकारी दिए । असार १ गतेबाट लागुहुनेगरी जिल्लाका २ सय ५७ जना पत्रकारहरुको सामुहिक दुर्घटना बिमा गरिएको उनले बताए । यस कार्यका लागि कालिका नगरपालिकाले आवश्यक आर्थिक सहयोग गरेको छ ।

नगरपालिका र महासंघ जिल्ला शाखाबीच भएको सम्झौता पत्रमा नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र महासंघ शाखा अध्यक्ष राधेश्याम खतिवडाले हस्ताक्षर गरेका छन् । यो बर्ष बिमाका लागि नगरपालिकाले एकलाख रुपैयाँ सहयोग गरेको हो । जिल्लाका पत्रकारहरुको सामुहिक दुर्घटना बिमा आगामी बर्षहरुमा पनि निरन्तरताका लागि नीतिगत निर्णय गर्ने नगर प्रमुख श्रेष्ठ प्रतिवद्धता जनाएका छन् ।

महासंघ संग संस्थागत रुपमा सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै प्रमुख श्रेष्ठले नगरका हरेक गतिविधिको सञ्चारक्षेत्रबाट निगरानी र खवरदारीको अपेक्षा रहेको प्रतिकृया दिए । सामुहिक दुर्घटना बिमाले पत्रकारको भौतिक सुरक्षाका सवालमा दुर्घटना जस्तो भवितव्यमा जोखिम बहनमा भुमिका खेल्ने महासंघ अध्यक्ष राधेश्याम खतिवडाको भनाई छ ।

पत्रकारको पेशागत र भौतिक सुरक्षामा महासंघ गम्भीर रहेको उनले बताए । बिमाका लागि सेवा प्रदायक विभिन्न तीनवटा कम्पनी संग प्रस्ताव माग गरेकोमा जनरल ईन्स्योरेन्श कम्पनीलाई छनौट गरी सोहि मार्फत बिमा गरिएको हो । चितवनमा ५ वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक पत्रिका, ४ वटा टेलिभिजन, २२ वटा रेडियो र २४ वटा अनलाइन प्रकाशन प्रशारणमा रहेका छन् ।

भिडियो हेर्नुहोस ।

चितवनका २५७ जना पत्रकारको सामुदायिक दुर्घटना बिमाका लागि आवश्यक अार्थिक सहयोग कालिका नगरपालिकाले गरेको छ ।

Gepostet von Prime Broadcasting Media pvt am Sonntag, 14. Juni 2020

 



ट्रेन्डिङ