प्रतापपुर गाउँपालिकाका अध्यक्षको जिप दुर्घटनामा परी मृत्यु

प्रतापपुर गाउँपालिकाका अध्यक्षको जिप दुर्घटनामा परी मृत्यु

काठमाण्डौं ३२ जेठ । नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको जिप दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए ।



ट्रेन्डिङ