सरकारको विरोधमा चितवनको सौराहामा पनि प्रर्दशन

सरकारको विरोधमा चितवनको सौराहामा पनि प्रर्दशन

दीपेश चौधरी –
सौराहा ३२ जेठ । चितवनको सौराहामा सरकार विरुद्ध शान्तिपूर्ण प्रर्दशन भएको छ । स्थानीय युवाहरुले सरकारको कामगर्ने शैलीबारे सांकेतिक रुपमा विरोध गरेका हुन । सहि कामलाई सहि र गलतलाई गलत भन्न सकौं भन्दै सौराहाका युवाहरुले प्रर्दशन गरेका हुन ।

सत्यलाई सत्य भन्न सक्ने संस्कारको सुरुवात सरकारका नेतृत्वगर्नेहरुबाट पनि होस भन्दै सरकारको पछिल्लो गतिविधिप्रति आम नागरिक रुष्ट भएकोले संवोधन गर्न उनीहरुको माग छ । सरकार विरोधी विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरु प्रर्दशनमा उत्रिएका थिए । १० अर्ब खोइ? गहिरो घाउ नदेउ नेताज्यू बढाउ पिसिआर अनि बल्ल मुस्कुराउ, प्रोटेक्ट फ्रन्टलाइन हेल्थ, रिजेक्ट एमसिसि लगायतका नारा लगाएका थिए ।

लाखौको भ्रष्टचार कोरोनाको उपचार, अदुवा लसुन र बेसार नो पसिआर, नो पिसिआर नुन तेल बेसार, इनफ इज इनफ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले सरकारले गर्नुपर्ने काम र दायित्वको विषयमा ध्यानाकर्षण गराएका थिए ।  उनीहरुले विरोध मात्रै गरेनन् । सरकारले गरेको राम्रो कामको खुलेर प्रशंसा समेत गरेका छन् । कालपानी सहितको नेपालको नक्सा समेटेर संसदबाट पारित गरेकोमा सरकारलाई धन्यबाद दिए ।

उनिहरुले नेपालको झण्डा र थ्याङक्यू गर्भमेन्ट फर न्यू म्याप लेखिएका पम्प्लेट समेत बोकेका थिए । चितवनको सौराहामा यसरी विरोधका कार्यक्रम कमैमात्रामा आयोजना हुनेगरेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको सौराहामा लामोसमय पछि यसरी सरकार विरुद्ध नै प्रर्दशन गरिएको हो ।

फाेटाे – बिनाेद चाैधरीकाे फेसबुक बाट


 



ट्रेन्डिङ