भारतले अतिक्रमण गरेको भूमि समेट्न गरिएको संविधान संशोधनमा यी १२ सांसद किन अनुपस्थित भए ?

भारतले अतिक्रमण गरेको भूमि समेट्न गरिएको संविधान संशोधनमा यी १२ सांसद किन अनुपस्थित भए ?

काठमाण्डौं ३१ जेठ । शनिवार संविधान संशोधन विधेयकको मतदान प्रकृयामा गएर संशोधन गर्नुपर्ने कार्यतालिका थियो । संसारभर रहेका नेपाली र नेपालका शुभचिन्तकहरुको नजर प्रतिनिधि सभा तर्फ केन्द्रीत थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू(भाग राखेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा सबै सांसदहरुलाई उपस्थित हुन भनिएको थियो । तर केहि सांसदहरु उपस्थ्ति नै भएनन । उपस्थित २ सय ५८ मध्ये सबैले पक्षमा मतदान गरे । प्रतिनिधि सभामा तत्काल कार्यम रहेको २ सय ७५ मध्ये दुई तिहाईभन्दा बढी बहुमत नेपालको संविधानको दोस्रो संशोधन २०७७ पारित गरिएको हो ।
तर, २ सय ७५ मध्ये १२ जना भने मतदानमा अनुपस्थिति भए त्यसमध्ये सरिता गिरी बैठक बहिस्कार गरेर हिँडेकी थिइन् भन्ने अन्य १२ जना सांसदको अनुपस्थित रहे । सभामखु संसदको तटस्थ व्यक्ति भएकोले मतदान गरेनन् भने ४ सदस्य भने निलम्बित रहेका छन् ।

यी हुन् अनुपस्थित हुने १२ सांसद

  • अम्रिता देवी अग्रहरी
  • गोपालबहादुर वम
  • सरिता गिरी
  • धनबहादुर बुढा
  • नगेन्द्र कुमार
  • शिवकुमार मण्डल
  • प्रमोद शाहा
  • सूर्यनारायण यादव
  • सूर्य केसी
  • हरिबोल गजुरेल
  • ज्ञानकुमारी छन्त्याल


ट्रेन्डिङ