‘ कि मैले आत्म हत्या गर्नुपर्यो, कि जंगको मैदानमा उत्रीनुपर्छः ’ सरिता गिरी (भिडियो सहित )

‘ कि मैले आत्म हत्या गर्नुपर्यो, कि जंगको मैदानमा उत्रीनुपर्छः ’ सरिता गिरी (भिडियो सहित )

काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभा सदस्य सरिता गिरीले अब आफुसँग दुईवटा विकल्प रहेको बताएकी छिन । राष्ट्रियताको पक्षमा आफ्नो पार्टीलाई समेत जानकारी गराउँदै आएको भन्दै सांसद गिरीले आफुसँग दुईवटा विकल्प मात्रै बाँकी रहेको प्रतिकृया दिएकी छिन् । ‘कि मैले आत्म हत्या गर्नुपर्यो कि जंगमा उत्रिनुपर्यो ’ संसदवाट निस्किएपछि संचारकर्मीसँगको प्रतिकृया दिँदै उनले भनिन् ।

एउटी महिला सांसदमाथी भइरहेको पछिल्लो गतिविधि ठिक नभएको बताइन । बंगलादेश महिलाहरुले विकास गरेको तर्क दिँदै सांसद गिरीले नेपालमा महिला सांसदको भ्यालु नभएको गुनासो गरिन । आफ्नो संशोधन प्रस्ताव संसदमा अस्वीकृत भएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिनु भएकी सांसद सरिता गिरीले जनता समाजवादी पार्टीको औचित्यतामाथि पनि प्रश्न उठाइन ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु हुना साथै प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको जानकारी दिएपछि सांसद गिरी बैठक छोडेर बिचमा नै बाहिरिएकी थिइन ।

उनले बैठकमा बोल्न खोज्दा सभामखु सापकोटाले समय दिएन । उनलाई प्रकृया पुरा नभएको भन्दै बस्न आग्रह गरेका थिए । तर बैठक छोेडेर बाहिर निस्किन् ।
बैठक छोडेर बाहिर निस्कदा उनले आदिवासी, जनजाति , दलित, मधेसी र महिलालाई समावेश गरेर समावेशी राष्ट्रवाद कायम नगर्ने हो भने जनता समाजवादी पार्टीको औचित्य नरहेको तर्क गरिन ।

भिडियो सौजन्य – नवराज पाण्डेको फेसुबक पेजवाट ।

आफ्नो संसोधन संसदमा टेवल नभई अस्वीकृत भएपछि यसरी गरिन सरिता गिरीले बिषयान्तर#EmotionalBlackmail

Gepostet von Nava Raj Pandey am Samstag, 13. Juni 2020



ट्रेन्डिङ