लागुऔषध ओसारपसार गर्ने चितवनका दुईसहित चारजना पक्राउ

लागुऔषध ओसारपसार गर्ने चितवनका दुईसहित चारजना पक्राउ

चितवन ३१ जेठ । लागु औषधको कारोवार गर्ने चारजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जारी लकडाउनको बेला तरकारी बोक्न प्रयोगर्ने बोलेरो गाडीमा लागुऔषध हालेर पोखरा भित्र्याउन लागेको सूचना पाएका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा चितवन रत्ननगर १ टाँडी बस्ने २६ वर्षका अफताब भन्ने रविन चौधरी, कास्की मादी गाउँपालिका वडा नं. ३ घर भइ हाल पोखरा महानगरपालिका १२ ढिकालेथर बस्ने ३० वर्षका हाउडे भन्ने मिलन गुरुङ, काभ्रे मध्छे गाउँपालिका ४ घरभई कास्की पोखरा महानगरपालिका १४ चाउथे बस्ने वर्ष ४५ का शंकर लामा र चितवन रत्ननगर १० बस्ने ५० वर्षका पदमवहादुर घिमिरे रहेका छन् ।

बोलेरो गाडीमा तरकारीसँगै लुकाईछिपाई लैजाने क्रममा वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुबाट ७२ थान एम्पुल डाइजापाम, ७२ थान एम्पुल फेनरागन र ७२ थान एम्पुल नर्पिन गरी २ सय १६ थान लागुऔषध बरामद गरेका छन् । प्रहरीले उनीहरुबाट १५ हजार ८५ रुपैयाँ नगद समेत बरामद गरेको छ । लागुऔषध बोक्न प्रयो गरिएको सेतारंगको बोलेरो गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तराईका जिल्लाबाट तरकारी बोक्ने गाडीमा लागुऔषधको ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।

नवलपरासीको वर्दघाटबाट ना.३च.७०५९ नम्बरको बोलेरको पछाडीपट्टीको भागमा सेतो बोरामा कागजबेरी राखेको अस्थामा लागुऔषध फेला पारेको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

 



ट्रेन्डिङ