राष्ट्रियताका सवालमा सरकारलाई सहयोग गर्ने निर्णय गरेका छौंः यादव

राष्ट्रियताका सवालमा  सरकारलाई सहयोग गर्ने निर्णय गरेका छौंः यादव

काठमाण्डौं ३१ जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भारतसँग भद्र शैलीमा वार्ता गरेर समाधान खोज्नुपर्ने बेला आएको बताए । त्यसका लागि सरकारले उचित बातावरण मिलाउनुपर्ने उनको भनाई छ । राष्ट्रियताका सवालमा हाम्रो पार्टी एकैठाउँमा आउँछ उनले भने । अरु बैचारिक मतभेद होला, त्यो आन्तरिक कुरा हो तर राष्ट्रियता र अखण्डताको विषयमा हामी अगाडी छौं ।

देशभक्त र राष्ट्रवादमा आफु र आफ्नो पार्टी बलियो भनेर उभिएको बताउँदै यादवले राष्ट्रियताको मुद्धामा सरकारलाई सहयोग गर्ने बताए । बहुमतले होइन, सर्वसहमतले पारित गरेर यहाँलाई सहयोग गर्ने निर्णय गरेका छौं यादवले भने । सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैंमा अपमानजनक भएको बताए । तर काली महाकाली नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।



ट्रेन्डिङ