राष्ट्रियताका सवालमा मधेसमाथी अग्नी परीक्षा लिने काम नगर्नुसः राजेन्द्र महतो

राष्ट्रियताका सवालमा मधेसमाथी अग्नी परीक्षा लिने काम नगर्नुसः राजेन्द्र महतो

काठमाण्डौं ३१ जेठ । समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मधेसमाथी अग्नी परीक्षा नगर्न आग्रह गरेका छन् । राष्ट्रियताका सवालमा मधेस सधै अग्रपंत्तीमा हुने भन्दै नेता महतोले मधेसलाई राष्ट्रघातीको रुपमा नलिन आग्रह गरेका छन् । ५८ वर्ष अगाडी कालापानी सहितको विवादीत भूमी नेपाली नक्सामा थियो । महाकाली सन्धी हुँदाखेरी महाकालीको मुहान कता थियो क्लीयर गर्न नसक्नु त्यतिबेलाको कमजोरी हो उनले भने ।

राष्ट्रघातीको पहिचान हुनुपर्ने उनले बताए । राष्ट्रवादको मामीलमा मधेशका जना सधै एकजुट भएर लाग्ने गरेको बताउँदै नेता महतोले राष्ट्रयताका सवालमा सबैखालका प्रमाण जुटाउन तयार रहेको स्पष्ट पारे । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता महतोले प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीका कारण नेपाल भारतबीचको सम्बन्ध बनेको नभई हजारौ दुवैदेशका जनताबीचको सम्बन्धले बलियो भएको बताए । सरकारलाई वार्ता राम्रोसँग गरेर भूमी फिर्ता ल्याउन सुझाव दिए ।



ट्रेन्डिङ