सांसद सरिता गिरीको विषयले समाजवादी पार्टी भित्र खैलाबैला सुरु, अब के गर्ने भन्ने बारे छलफल गर्न बैठक बस्दै

सांसद सरिता गिरीको विषयले समाजवादी पार्टी भित्र खैलाबैला सुरु, अब के गर्ने भन्ने बारे छलफल गर्न बैठक बस्दै

काठमाडौं ३१ जेठ । सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि समाजवादी पार्टी भित्र खैलाबैला मच्चिएको छ । नेताहरुले पटक पटक सांसद गिरीलाई संसोधनको पक्षमा आउन आग्रह गरेपनि संशोधनको पक्षमा नआएपछि पार्टी मित्र खैलाबैला मच्चिएको हो । पार्टीको निर्देशन समेत नमानेको उनीमाथी समाजवादी पार्टीका शीर्षनेताहरुले आरोप लगाउँदै आएका छन् ।

विज्ञप्ति नै जारी गरेर उनलाई कार्वाही समेत गर्ने पार्टीले चेतावनी दियो तर सांसद गिरी संशोधनको पक्षमा देखिएनन । यस्तो अवस्थामा अब के गर्ने भनेर छलफल गर्न समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ ।नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् ।

यसबारे छलफल गर्न आइतबार बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए । ‘यस९सरिता गिरीको संशोधन प्रस्ताव०बारे संसदीय दलको बैठकमा छलफल हुन्छ । निर्णय नभइ के हुन्छ भन्न सक्ने कुरा भएन,’ प्रमुख सचेतक अरगरियाले  भने, तर अझै फिर्ता लिने समय छ । हाउसमै पनि फिर्ता लिन सकिन्छ ।’यसअघि समाजवादी जनता पार्टीले संशोधन फिर्ता नलिए गिरीलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो ।प्रतिनिधि सभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ ।



ट्रेन्डिङ