प्युठानको क्वारेन्टिनमै शिशुको जन्म

प्युठानको क्वारेन्टिनमै शिशुको जन्म

प्युठान ३१ जेठ । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका-७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गएराती शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा २७ जेठमा भारतबाट आई उक्त क्वारेन्टाइनमा बसेकी सरस्वतीले गएराती  क्वारेन्टाइनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडीटी गरिने जनाइएको छ ।



ट्रेन्डिङ