सौराहाका यि होटलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने ( होटलको नाम सहित )

सौराहाका यि होटलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने ( होटलको नाम सहित )

दीपेश चौधरी-

चितवन ३१,जेठ । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् ।  स्थानीय निकाय रत्ननगर नगरपालिकाले क्वारेन्टिनको रुपमा प्रयोग गर्नका लागि क्षेत्रीय होटल संघका पदाधिकारीहरुसँग पहल गर्दा क्वारेन्टिनका लागि होटल दिने विषयमा सहमति जुट्न सकेको थिएन । आफ्नो प्रतिवद्धतादेखि पछाडी हटेको भन्दे आलोचना समेत भयो । तर ढिलै भएपनि सौराहाका होटलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिने भएको छ ।

ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उनले बताए । पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ उनले भने । सौराहामा १२० वटा होटल रहेका छन् । कुन कुन होटल क्वारेन्टिनका लागि प्रयोग गर्न सकिने भए त, क्षेत्रीय होटल संघ सौराहाले सिफारिस गरेका होटलहरुको नाम विवरण यस्तो छ ।

कुन कुन होटल सिफारिसमा परेः

होटल ल्यान्डमार्क फरेष्ट पार्क, पार्क सफारी, होटल स्टार ब्यान्कोइट, होटल सेन्टर, पार्क, होटल सेभेन स्टार दुइ तारे होटलहरु हुन भने बाँकी तल उल्लेखित होटलहरु पर्यटकिय स्टान्डरका होटलहरु हुन । चितवन फरेष्ट रिसोर्ट,चितवन गैडा लज, युनिक वाइल्ड रिसोर्ट, चितवन पार्क कटेज, गैडा आइसल्याण्ड क्याम्प, होटल बटर फलाई, होटल पार्क साइड, होटल रेन फरेष्ट, होटल रिभर साइड, होटल शिवास ड्रिम, होटल वेष्ट उड, जंगल नेपाल रिसोर्ट, जंगल सफारी लज, चितवन रिभर साइड, गैरी बारी रिसोर्ट, जंगल क्राउन, वेन्डीज लज, चितवन एडभेन्चर रिसोर्ट, जंगल सनसेट क्याम्प, होटल हेरिटेज लगायतका छन् ।
सेवा सुविधा यस्ता छनः
होटलले विहानको खाजा खाना, दिउसोको खाजा र साझको खाना गरि दैनिक चार पटक खानाको ब्यवस्था गर्नेछ । अन्य सेवा सुविधाहरु होटलको मापदण्ड अनुसार हुनेछ । दुइ तारे होटलको कोठामा एक्लै बस्न चाहने हो भने प्रति ब्यक्ति ५ हजार र दुइ जनामा बसेमा प्रति ब्यक्ति ३ हजार ५ सय रुपैया तिर्नुपर्ने छ । । त्यस्तै गरी पर्यटकिय स्तरको होटलमा एक्लै बस्न चाहने हो भने प्रति ब्यक्ति दुुइ हजार र दुइ जनामा बसेमा प्रति ब्यक्ति २ हजार रुपैया तिर्नुपर्ने छ ।



ट्रेन्डिङ