चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण देखियो

चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण देखियो

चितवन ३० जेठ । चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।  भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आज मात्रै गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टिभएका सबै माडीकै दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा निर्माण गरिएको क्वारेन्टाइन राखिएकाहरू हुन् ।

उनीहरु सबैजना भारतबाट आएका हुन । माडीका मेयर ढाकुर प्रसाद ढकाल आफैले विभिन्न नाकावाट उद्धार गरेर क्वारेन्टाइनमा राखेका थिए । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो । जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।

यसअघि माडीको सोमेश्वर माध्यमि विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेकामध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।



ट्रेन्डिङ