तत्कालका लागि सञ्चालन गर्न नपाइने सेवाहरु के के हुन त ?

तत्कालका लागि  सञ्चालन गर्न नपाइने सेवाहरु के के हुन त ?

काठमाण्डौं २९ जेठ । सरकारले केही क्षेत्रहरु तत्कालै नखोल्ने निर्णयसमेत गरेको छ । कोभिड – १९ को जोखिमलाई कम गर्न भन्दै सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि नखोल्ने निर्णय गरेको छ । त्यसैगरी अनुमति प्राप्त नभएका ( चार्टर फ्लाइटबाहेक )आन्तरिक र बाह्य सबै हवाई उडानलाई थप १५ दिन स्थगित गरिएको छ ।

त्यसैगरी सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शनी र भेला थप १५ दिनका लागि बन्द गरिएको छ । त्यस्तै पार्टी प्यालेस, सिनेमा हल, डान्सबार लगायतका मनोरञ्जनका स्थानहरु पनि आगामी १५ दिनसम्मका लागि बन्द नै रहनेछन् । लाइब्रेरी, संग्राहलय, चिडियाखाना पनि तत्काल खोल्न पाइनेछैन भने स्पा, सैलुन तथा ब्युटी पार्लरहरु पनि अर्को सूचना जारी नभएसम्मका खोल्न निषेध गरिएको छ ।

स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सपिङ मल आदि पनि बन्द नै रहनेछन् । समूहमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति, धार्मिक तथा सामाजिक स्थलहरु पनि बन्द नै रहनेछन् । त्यसैगरी सार्वजनिक सवारीसाधनहरु (कालो प्लेट) पनि बन्द रहनेछन् । निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा मात्रै सञ्चालन हुने भएकाले तोकिएभन्दा फरक पर्ने गरी ती सवारीसाधनहरु चलाउन निषेध गरिएको छ ।



ट्रेन्डिङ