उद्योग, व्यापार, व्यवसाय, पसल खोल्न दिने निर्णय, होटल र नाईटक्लब बन्द

उद्योग, व्यापार, व्यवसाय, पसल खोल्न दिने निर्णय, होटल र नाईटक्लब बन्द

काठमाण्डौं २९ जेठ । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

तर सपिङ मल भने खोल्न नपाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यस्तै सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाएको हो । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा। युवराज खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।



ट्रेन्डिङ