मोटरसाइकलमा एक जनामात्रै चढ्न पाइने

मोटरसाइकलमा एक जनामात्रै चढ्न पाइने

काठमाडौं २९ जेठ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ । तर मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।



ट्रेन्डिङ