मुसहर समुदायका २२ घरपरिवारलाई खाद्यान्न सहयोग

मुसहर समुदायका २२ घरपरिवारलाई खाद्यान्न सहयोग

दीपेश चौधरी-

रत्ननगर २९ जेठ । प्रवासी नेपाल सहयोग संगठन (एफएसजी) दुवई र युवा समाजसेवी शरद कुमार महतोले रत्ननगर नगरपालिकाको वडा नं.७ सिसुवार स्थितका २२ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

दैनिक ज्याला मजदुरीमा निर्भर रहने अति विपन्न मुसहर समुदायका १८ घरपरिवारलाइ खाद्यान्न सहयोग गरेको हो । एफएसजीका कोषाध्यक्ष विष्णुहरि पौडेल, स्थानीय युवाहरु शरद कुमार महतो र दीपेश चौधरीले ती परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

उनीहरुलाई १५ केजी चामल, २ किलो दाल, १ पोका नुन, २ पोका तेल, साबुनलगायतका सामग्री सहयोग गरिएको हो । विदेशबाट सहयोग जुटाउनका लागि विनोद चौधरीले संयोजन गरेका थिए ।एफएसजीका कोषाध्यक्ष विष्णुहरि पौडेलले लकडाउनका कारण विपन्न मुसहर समुदायलाई खाद्यान्नमा समस्या देखिएपछि सो सामग्री सहयोग गरिएको बताए । यस संस्थाले विदेशमा अलपत्र परेका नेपालीहरु र अन्य विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

यस्तै संस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई समेत आर्थिक सहयोग गरेको थियो )



ट्रेन्डिङ