बालिकालाई करणी गरेको आरोपमा गैडाकोटबाट एकजना पक्राउ

बालिकालाई करणी गरेको आरोपमा गैडाकोटबाट एकजना पक्राउ

डोलराज रानाभाट-
गैडाकोट २९ जेठ । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आश्रय दिएर वस्दै आएकी ७ वर्षीय वालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गैडाकोट १० पितौजी वस्दै आएका २८ वर्षीय इन्द्र पन्तलाई इलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गरी म्याद थपका लागि आज अदालत पठाएको छ । घटना हिजो साँझ ६ बजेतिरको रहेको र स्थानीयले खवर गरेपछि वेल्डीया प्रहरीले पीडकलाई होल्ड गरेर राख्दा इलाका प्रमुख चन्द्र वहादुर थापा घटनास्थल पुगेर पन्तलाई पक्राउ गर्नुभएको थियो ।

प्रहरीका अनुसार वालिकाको मामाघर पितौजी हो । आमा अर्कैसँग विहे गरेर गएपछि वुवाले वालिकालाई मामा घरमा वस्ने गरी यहाँ ल्याउनु भएको थियो । छिमेकमा रहेको गैडाकोट १० का ती पन्तले आश्रय दिएपछि उनीहरु त्यही वस्दै आएका थिए । आफ्नै घरमा वालिका र वुवालाई आश्रय दिँदै आएका पन्तले मादक पदार्थ सेवन पछि एक्लै भएको मौका पारी बालिकालाई करणी गरेका थिए । पन्तको घर पनि समुदायका व्यक्तिहरुको पहलमा वनाइएको र त्यही घरमा पन्तले ती वुवा छोरीलाई आश्रय दिँदै आएका थिए ।

पन्त सहित तीनै जना विपन्न रहेको र सवै जना एउटै कोठामा सुत्ने गर्दथे । वालिकाको वुवा घर वाहिर गएको मौकामा बालिकालाई करणी गरेका हुन । रुदैँ कराउँदे गरेको बालिकालाई स्थानीय एक महिलाले देखेपछि शंका लागेर हेर्न गएकी थिइन ।  बालिकामाथी करणी भएको शंका लागेर प्रहरीलाई खबर गरेकी थिइन ।

पीडक पन्तले श्रीमती माइत भएको बताउदै आएका छन् । वालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ । जाहेरी पनि परीसकेको र आज म्याद थप भएपछि थप अनुसन्धान हुँदै जाने र कानुन वामोजिमको कारवाही हुने  थापाले बताए ।  वालिका कक्षा १ मा पढ्दै आएकी छन् ।



ट्रेन्डिङ