नारायगढ बजारमा चहल पहल बढ्यो, व्यापार व्यवसाय खुलेन

नारायगढ बजारमा चहल पहल बढ्यो, व्यापार व्यवसाय खुलेन

चितवन २९ जेठ । मन्त्री परिषदले हिजो अबेर सम्म बसेको बैठकले लक डाउन खुकुलो बनाउने निर्णय गर्यो । पसल खोल्ने देखि निजी सवारी साधनलाई जोर विजोर बनाएर संचालन गर्ने गरी लक डाउन खुकुलो बनाउने निर्णय भयो ।  रेष्टुरेन्ट संचालन देखि अन्य आवश्कयताका आधारमा संचालन गर्न पाउने विषयमा लिष्ट नै तयार भयो ।

सोहि अनुसार काठमाण्डौं लगायत देशका विभिन्न शहरहरुमा हिजो अस्तिको तुलनामा चहल पहल बढेको छ । तर चितवनको अवस्था भने अलि फरक छ, केन्द्रवाट आधिकारिक निर्णय नआएकोले तत्कालै समाचारमा आएजस्तै खोल्न नमिल्ने चितवन प्रशासनले भन्यो । केन्द्रवाट निर्देशन आएपछि लक डाउन खोल्ने या यथावत राख्ने विषयमा छलफल गरेर निर्णय गरिने चितवन प्रशासनले भनेको छ ।

तर चितवनमा लक डाउन पूर्ण रुपमा खुलेको जस्तै चहल पढेको छ । बजार क्षेत्र अन्तर्गत मुख्य राजमार्ग क्षेत्रका पसलहरु खुलेका छैनन । तर चहलपहल भने बढेको छ । उता नवलपुर क्षेत्रबाट चितवन आउनेहरुका लागि नाका पूर्ण रुपमा खुल्ला छ । यस्तै नारायणगढ बजार क्षेत्रमा सवारी साधन समेत अन्य दिनको तुलनामा निकै मात्रामा गुडेका छन् ।

बजारमा भइरहेको चहलपहलले लक डाउन खुलेको भान भएपनि बजार व्यवसाय पूर्ण रुपमा नखुल्दा चितवनबासीलाई जारी लक डाउन निल्नु न ओकेल्नु जस्तै बनेको छ ।
‘न बन्द छ न खुलेको छ’ नारायणगढका एकजना होटल व्यवसायीले भने –‘यस्तो अवस्थामा हामी अन्यौलमा छौं । ’

तस्वीरः प्रमिता ढकाल/ पिविएम न्यूज ।



ट्रेन्डिङ