चितवनमा आयोजना गरिएको सांकेतिक विरोध कार्यक्रमका दशफोटोहरु

चितवनमा आयोजना गरिएको सांकेतिक विरोध कार्यक्रमका दशफोटोहरु

चितवन २९ जेठ । जारी लक डाउनले सुनसान बनेको चितवनको सदरमुकाम भरतपुरमा विहीवार फरक खालको दृश्य देखियो । भरतपुर चौविस कोठीमा विभिन्न खालका व्यानगर, प्लेकार्ड बोकेका युवाहरुको बाक्लो भीड देखियो । नेपाल सरकारको पछिल्लो गतिविधिप्रति रुष्टभएका युवाहरुको जमातले चौविसकोठी स्थित राजमार्ग भरिएका थिए । सरकार विरुद्ध सांकेतिक रुपमा पर्दशनमा उत्रिएकाको भीड थियो । समाजिक दुरी कायमगर्दै मास्क लगाएका युवा युवतीहरु हातहातमा प्लेकार्ड बोकेर लाईनमा बसेका थिए ।

राफिलो बन्दै गएको घाममा छाता ओढेकाहरुले छातामै सरकारको काम कार्वाही विरुद्ध नारा लेखिएको प्लेकार्ड झुण्ड्याइएको देखिन्थ्यो भने कतै भुतको झल्को दिने मुकुन्डो लगाएर प्रर्दशन गरिरहेका थिए । युवाहरुको बीचमा बजिरहेको राष्ट्रियता झल्कीने गीतहरुले युवाहरुहरुलाई उचालिरहेको थियो । तर न नाराबाजी चल्यो न नभाषणवाजी नै भयो । कोरोना संक्रमण दर बढिरहँदा राज्यले नागरिक प्रति गर्नुपर्ने दायित्व निर्वाह गर्न नसकेको भन्दै चितवनका युवाहरु स्वतस्र्फुत रुपमा प्रर्दशन कार्यक्रममा सहभागी भएका हुन ।

प्रर्दशनमा सहभागी मध्ये दुईजना युवाले मुकुण्डो लगाएर बोकेको प्लेडकार्डले सबैको ध्यान केन्द्रीत गरिरहेको थियो । ‘ सरकार, कोरोनाको चिहान बढ्नाले हामी भूतहरु त्रासमा छौं, कृपया पीसीआर टेस्ट बढाउँ ।’ लेखिएको प्लेकार्ड र उनीहरुको शारीरिक हाउभाउले सबैको ध्यान केन्द्रीत गरेको थियो ।  सरकारलाई संवेदनशील बनाउनका लागि दवाव दिन चितवनका सचेत नागरिकहरु प्रर्दशन भएको उपस्थित भएको प्रर्दशनमा सहभागि भुपेन्द्र बस्नेतले बताए । ‘सरकार अन्धो भइसकेकोले सरकारले आँखा खोलोस भनेर सांकेतिक रुपमा विरोध कार्यक्रम गरिएको हो’ उनले भने । सरकारले आफ्नो कामगर्ने शैलीलाई नागरिक मुखी नबनाए यो खालका विरोधका कार्यक्रम थप्दै जाने योजना छ ।

पछिल्लो समय कोरोनाको संक्रमण महामारीको रुपमा फैलिँदै जाँदा समेत सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको मोनिका गुरुङको गुनासो छ । उनी पेशाले नर्स हुन । सरकार हो कि, अत्याचार लेखिएको प्लेकार्ड बोकेर उनीपनि प्रर्दशनमा सहभागी भइन । मोनिका जस्तै विभिन्न पेशामा आवद्ध भएका सचेत नागरिकहरुले चौविस कोठी भरिएका थिए । यस्तै धेरै युवाहरुको हातमा विभिन्न बिरोधका नारा लेखिएको प्ले कार्डहरु देखिन्थ्यो । ‘असुरक्षित क्वारेन्टिन कोरोनाको स्वर्ग हो, नो आरडीटी, इनफ इज इनफ, असक्ष्यमता हात धोयर निको हुन्न सरकार, सरकारको सरोकार कार्पेट की पीसीआर, दश अर्ब खै’ रुरु जस्ता नारा लेखिएको प्ले कार्ड प्रतिनिधिमुलक मात्रै हुन् । यस्ता सयौं नारा र प्लेकार्ड बोकेर युवाहरुले विहान १० बजेदेखि नै प्रर्दशन गरेका हुन ।

प्रदर्शनमा सहभागि जोन कँडेलले सरकारलाई खबरदारी गर्नका लागि शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको बताए । उनले भने–‘जनताको आवाजलाई सरकारसम्म पुर्‍याउन खबरदारी गरेका हौं ।’ प्रदर्शनमा झण्डै पाँच सयको हाराहारीमा युवाहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा निस्किएका हुन् । प्रदर्शनमा देखिएको एउटा नारा सबैको ध्यान खिचेको थियो । दुई युवाहरुले डरलाग्दो मुखुण्डो लगाएर ‘सरकार, कोरोनाको चिहान बढ्नाले हामी भुतहरु त्रासमा छौं, कृपया पीसीआर टेस्ट बढाऊ ।’ लेखिएको प्ले कार्ड बोकेका थिए ।

यस्तै धेरै युवाहरुको हातमा विभिन्न बिरोधका नारा लेखिएको प्ले कार्डहरु देखिन्थ्यो । ‘असुरक्षित क्वारेन्टिन कोरोनाको स्वर्ग हो, नो आरडीटी, इनफ इज इनफ, असक्ष्यमता हात धोयर निको हुन्न सरकार, सरकारको सरोकार कार्पेट की पीसीआर, दश अर्ब खै’ जस्ता नारा लेखिएको प्ले कार्ड प्रतिनिधिमुलक मात्रै हुन् ।  आन्दोलन झण्डै डेढ घण्टासम्म चलेको थियो ।

 

 

 



ट्रेन्डिङ