चितवनमा जारी लक डाउन यथावत, केन्द्रवाट आधिकारीक जानकारी आए पुर्नविचार गरिने

चितवनमा जारी लक डाउन यथावत, केन्द्रवाट आधिकारीक जानकारी आए पुर्नविचार गरिने

चितवन , २९ जेठ । आजदेखि पसल ,निजी सवारी साधन सँगै रेष्टुरेण्ट पनि खोल्न दिने सरकारले निर्णय गरेपनि चितवनमा जारी लक डाउन खुकुलो भएको छैन । केन्द्रवाट चितवन प्रशासनलाई आधिकारी जानकारी नआएकाले अर्को सूचना नआए सम्म जारी लड डाउन यथावत रहने चितवन प्रशासनले जानकारी दिएको छ ।

समाचारमा आएका विषय आधिकारीक रुपमा आइनसकेको सहायक प्रखुम जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा बताए । चितवनको अवस्था अन्य जिल्लाको अवस्था भन्दा केहि भिन्न भएकाले पनि आधिकारीक सूचना आएलगतै जारी लक डाउनलाई खुकुलो बनाउने या यथावत राख्ने विषयमा छलफल गरेर निर्णय गर्ने प्रशासनको योजना छ ।  चितवनमा साविककै रुपमा लकडाउन जारी रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

आधिरिक सूचना नआँउदासम्म चितवनमा औषधी पसल र अत्यावश्यक सामाग्री बाहेकका पसल संचालन नगर्न र लकडाउनको पूूर्ण पालना गर्न उनले आग्रह गरे । बजारमा भने चहलपहल अन्य दिनको तुलनामा बढी नै देखिएको छ । बजारहरु भने पूर्ण रुपमा संचालनमा आएको छैन । बजार क्षेत्रका भित्रीबाटोहरुमा छिटफुट बजार खुलेपनि मुख्य राजमार्ग क्षेत्रका अधिकांश पसलहरु बन्द नै छन् ।



ट्रेन्डिङ