आजदेखि पसल र निजी सवारी साधन चल्ने, रेष्टुरेण्ट पनि खोल्न दिने सरकारको निर्णय (सूचीसहित)

आजदेखि पसल र निजी सवारी साधन चल्ने, रेष्टुरेण्ट पनि खोल्न दिने सरकारको निर्णय (सूचीसहित)

काठमाडौं २९ जेठ ।  सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिशअनुसार हिजो राति बसेको मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले सुरक्षा मापदण्ड अपनाएर सवै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठकले निजी सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय आजदेखि नै लागू हुनेछ ।

तर, त्यसका लागि जोर विजोर प्रणाली लागु गरेको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्ने दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अहिले खोलिने छैन ।हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए । सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीवारको दिउँसो पत्रकार सम्मेलनमार्फत लकडाउनेको सम्पुर्ण मोडालिटीबारेको निर्णय सार्वजनिक गर्नेछन् ।

सरकारले रेष्टुरेण्ट पनि खोल्न दिने भएको छ । तर, त्यहा बसेर खान भने पाइने छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेष्टुरेण्टलाई पनि सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।कोरोना कम प्रभावित क्षेत्रमा भएका रेष्टुरेन्ट खोल्न दिने निर्णय भएपनि उनीहरुले प्याकिङ तथा टेक अवे सेवा दिनुपर्ने हुन्छ । जसका कारण कुनै पनि ग्राहकले त्यहाबाट सामान किनेर लैजान पाउने छन् । तर, त्यही बसेर खाएमा भने कारवाही गरिने भएको छ ।



ट्रेन्डिङ