आगामी ३ दिन चट्याङसहित वर्षाहुने सम्भावना

आगामी ३ दिन चट्याङसहित वर्षाहुने सम्भावना

काठमाण्डौं २९ जेठ । आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाद्वारा जारी बुटेलनिअनुसार हाल प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा हल्का बर्षा भइरहेको छ ।



ट्रेन्डिङ