परामर्श विना नै भरतपुर महानगरका वडा धमाधम ‘सिल’, बैंकसमेत बन्द

परामर्श विना नै भरतपुर महानगरका वडा धमाधम ‘सिल’, बैंकसमेत बन्द

चितवन २९ जेठ । क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि चितवनको भरतपुर महानगरपालिकाका केही वडाध्यक्षहरुले धमाधम वडा बन्द सील गरेका छन् । कतिपयले त कार्यक्षेत्रभन्दा बाहिर गएर बैंक तथा वित्तीय महानगरपालिकालाई जानकारी नै नदिएर वडा सील गरिरहेका छन् ।

वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले जेठ ३२ गतेसम्म वडाभित्रका सम्पूर्ण व्यवसाय पूर्णरुपमा बन्द गरेको सूचना निकालेका छन् । भरतपुर महानगरपालिका वडा नं.२५ का वडाध्यक्ष विजय भुजेलले जेठ २८ गतेदेखि असार ३ गतेसम्म ८ दिन वडा सील गरिएको सूचना निकालेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडाध्यक्ष र जनप्रतिनिधिहरुले आफूखुसी वडा बन्द गराउनु गलत भएको बताए । बैंक तथा वित्तीय संस्था बन्द गराउने अधिकार वडालाई नभएको उनको भनाइ छ ।  यस्तै वडा नं. ५ का वडाध्यक्ष पदमपाणी सुवेदीले जेठ २८ देखि ३२ गतेसम्म ५ दिन, वडा नं. २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले जेठ २८ देखि ३२ गतेसम्म वडा सिल गरेका छन् ।

वडा नं. ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जेठ २७ देखि ३२ गतेसम्म ६ दिन, वडा नं. १८ का वडाध्यक्ष दीपक लामाले जेठ २९ गतेदेखि ३२ गतेसम्म ४ दिन, वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जेठ २७ गतेदेखि ३२ गतेसम्म ६ दिन वडा सील गरेको जनाएका छन् । वडा नं. ११ का वडाध्यक्ष बाबुराम अधिकारीले दिन तोकेर वडा सील गराएका छैनन् तर उनले सरकारले जारी गरेको लकडाउन कडाइका साथ पालना गर्न सूचना जारी गरेका छन् ।

सील गरिएको वडा नं. २५ र १८ मा अहिलेसम्म एक जना पनि संक्रमित भेटिएका छैनन् । तर उनीहरुले दूध, औषधि, मेडिकल उपकरण, डेरी, पशुपंछी दाना, खाद्यान्न बाहेकका पसल, उद्योग, बैंक तथा वित्तीय संघसंस्था बन्द गर्न भनेका छन् ।वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जनगुनासोको आधारमा केहीदिन हेरौं भनेर वडा बन्द गरिएको बताए । ‘वडामा बाहिरबाट समेत मानिसहरु सामान किन्न आए, बैंकमा पनि भिड लाग्यो, खाद्यान्न पनि उस्तै देखियो, दैनिक चार–पाँच सय मान्छेको ओहोरदोहर भएकाले बन्द गरेका हौं,’ वडाध्यक्ष महतोले भने । उनले वडा बन्दका विषयमा महानगरपालिकालाई पनि जानकारी गराइएको बताए ।

वडा नं. २२ मा क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ५ का स्थानीय सूर्यभक्त अधिकारीले वडाध्यक्षहरुले धमाधम वडा बन्द गराउने प्रतिस्पर्धा चलाएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आवश्यकता हो भने महानगरपालिकाले नै सूचना निकालेर बन्द गरे भो, होइन भने वडाध्यक्षहरूले फेसनका रूपमा बन्द गर्नु राम्रो भएन,’ अधिकारीले भने ।

भरतपुर महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार केही वडाले महानगरपालिकालाई जानकारी दिएर वडा सिल गरेका छन् भने केहीले जानकारी नै नदिइ गरेका छन् । केन्द्रीय सरकारले नै लकडाउन गरेको सन्दर्भमा त्यसलाई कार्यान्वयनमा लैजानका लागि सहयोग गर्दा नै उद्देश्य पूरा हुने प्रमुख प्रशासकीय अधिकृत जोशी बताउँछन् ।

यता चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडाध्यक्ष र जनप्रतिनिधिहरुले आफूखुसी वडा बन्द गराउनु सरासर गलत भएको बताए । प्रजिअ भट्टराईले जनप्रतिनिधिहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर वडा वा नगरपालिका सील गराउनु राम्रो नभएको बताए । बैंक तथा वित्तीय संस्था बन्द गराउने अधिकार वडालाई नभएको उनको भनाइ छ ।

सरकारले नै लकडाउन जारी राखेकाले थप बन्द वा सीलको अर्थ नरहेको प्रजिअ भट्टराईले बताए । ‘हामीले बरु स्थानीय तह र टोल विकास संस्थासँग गरेको अपेक्षा भनेको लकडाउनको पूर्णपालन, सचेतना र कोही नयाँ मान्छे आएमा जानकारी र क्वारेन्टिनमा लैजाने व्यवस्था र सहयोग हो,’ प्रजिअ भट्टराईले भने, ‘तर क्वारेन्टिनमा संक्रमण हुँदैमा बन्द गराउने सूचना निकाल्नु राम्रो हैन ।’ सरकारको निर्णय कार्यान्वयनमा लाग्नु सबैको दायित्व भएको उनको भनाइ छ । संस्थासमेत बन्द गराएका छन् ।

उता माडी नगरपालिका पनि सात दिनसम्म सील गरिएको छ । अस्पतालबाट रिफर वा डिस्चार्ज गरेका बिरामी, उनीहरुका कुरुवा तथा मृतकका नजिकका परिवार सदस्यहरुबाहेक अरुलाई माडी आउन र जान रोकिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए । खेतीपातीको समय पनि सुरु भएको र माडीमा सामूहिक रुपमा खेती गरिने हुँदा संक्रमण फैलिन नपाओस् भनेर अहिले नै सावधानी अपनाइएको नगरप्रमुख ढकालको भनाइ छ ।



ट्रेन्डिङ