भोली देखि अर्को व्यवस्था नहुँदा सम्म माडी नगरसील, के के गर्न पाइन्छ त ? हेर्नुहोस पुरा विवरण

भोली देखि अर्को व्यवस्था नहुँदा सम्म माडी नगरसील, के के गर्न पाइन्छ त ? हेर्नुहोस पुरा विवरण

माडी २८ जेठ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि माडी नगरपालिकालाई भोली विहीवारदेखि सात दिन सम्मका लागि सिल गर्ने निर्णय गरेको छ । माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोलि बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो । सील गरेको अवस्थामा के के गर्न हुन्छ ? के के गर्नुहुँदैन ??

मिती २०७७ जेष्ठ २९ गतेदेखि लागु हुने गरि नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीको अत्यन्त जरुरी सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ चितवन जिल्ला र यस माडी क्षेत्रमा समेत देखिईसकेको अवस्थामा स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुँदा सम्मको लागि तपशिलका निर्णयहरु कडाईका साथ कार्यान्वयन गर्न गराउन मिती २०७७ जेष्ठ २८ गतेको यस समितिको निर्णयानुसार सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ ।
१. सबै मोटर साईकल, अटो, टेम्पो लगायतका सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाईएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन नपाउने
२. अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलहरु बाहेक अन्य संघ संस्था तथा पसलहरु पुर्णरुपमा बन्द गराउने
३. अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरुपमा बन्द गरिएकोले सोही अनुसार गर्ने गराउने
४. अति आवश्यक कामले घर बाहिर निस्कनु परेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुको साथै सामाजिक दुरी कायम गरि मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने
५. संघ सस्था तथा पसलहरुमा हात धुने व्यवस्था र सामाजिक दुरी कायम गर्ने गराउने
६. स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने
यस निर्णयको कार्यान्वयन गरि कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा सहयोग गरिदिनुहुन सम्बन्धित सबै सरोकारवाला तथा नगरवासीमा यस समिती हार्दिक अनुरोध गर्दछ । उल्लेखित निर्णयको अटेर गरी असहयोग गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कडा कारवाही हुन सक्ने समेत जानकारी गराईन्छ ।

नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति , माडी

 



ट्रेन्डिङ