निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अहिले सम्मको आयव्यय विवरण सार्वजनिक

निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अहिले सम्मको आयव्यय विवरण सार्वजनिक

चितवन २८ जेठ । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अहिले सम्मको आयव्यय विवरण सार्वजनिक गरिएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले बुधवार जेठ २५ गते सम्मको सम्पूर्ण आयव्यय सार्वजनिक गरेको हो ।  फाउण्डेशनले अहिले सम्म ११ करोड ३७ लाख ५० हजार ४ सय ४५ रुपैयाँ २९ पैसा संकलन भएको जनाएको छ ।

यस्तै जेठ २५ गते सम्म क्रिकेट रंगशाला निर्माणका लागि १४ करोड ५२ लाख ९९ हजार २ सय ५३ रुपैयाँ ७९ पैसा खर्च भएको छ । आर्थिक वर्ष २०७५ ÷०७६ मा २ करोड १४ लाख ७ हजार ५ सय ३९ रुपैयाँ खातामा मौज्दात रहेको फाउण्डेशनले जनाएको छ । सोही आर्थिक बर्षमा दाताहरुबाट १ करोड ५ हजार १ सय १६ रुपैयाँ ९७ पैसा सहयोग प्राप्त भएको छ । फाउण्डेशनका अनुसार आर्थिक वर्ष २०७५ ÷०७६ को आय ३ करोड ५४ लाख १२ हजार ६ सय ५५ रुपैयाँ ९७ पैसा छ ।
आर्थिक वर्ष २०७६ ÷०७७ अन्तर्गत जेठ २५ गते सम्म दाताहरुबाट ५ करोड ८३ लाख ३७ हजार ७ सय ८९ रुपैयाँ ३२ पैसा सहयोग प्राप्त भएको छ । गत माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको महायज्ञबाट बोलकबोल सहित ६९ करोड ४० लाख ५६ हजार रकम मध्य २ करोड मात्रै प्राप्त भएको छ ।  धनधान्याचल महोत्सव मुल समोराह समितिले सोमवार मात्रै धनधान्याचलबाट संकलित रकम मध्य ७ करोड १४ लाखको चेक हस्तान्तरण गरेको थियो । जसमध्य जेठ ७ गते २ करोड पेश्कि प्राप्त भएको र आज सम्म २ करोड ५४ लाख ५१ हजार ४ सय १७ रुपैयाँ फाउण्डेशनको खातामा जम्मा भइसकेको फाउण्डेशनले जनाएको छ ।

अन्य बाँकी रकम जम्मा हुने क्रममा छ । फाउण्डेशनले आर्थि वर्ष २०७६ ÷०७७ को सम्पूर्ण आयव्यय भाद्र महिना सम्ममा सार्वजनिक गरिसक्ने बताएको छ । यस्तै फाउण्डेशनले कोरोना महामारीका कारण गत चैत ९ गतेदेखि स्थगित भएको रंगशाला निर्माण कार्य बैशाख २० गतेदेखि आंशिक रुपमा सुरु गरिएको जानकारी दिएको छ ।



ट्रेन्डिङ