पदमपुरमा बन्ने भयो सुविधा सम्पन्न थारु सांस्कृतिक संग्राहालय, आजै सिलन्यास गरियो

पदमपुरमा बन्ने भयो सुविधा सम्पन्न थारु सांस्कृतिक संग्राहालय, आजै सिलन्यास गरियो

पिविएम न्यूज
चितवन २८ जेठ । कालिका नगरपालिकाको वडा नं. ५ पदमपुरमा सुविधा सम्पन्न थारु सांस्कृतिक संग्राहालय भवन निर्माण हुँदैछ । संग्रहालयको आजै एककार्यक्रमका बीच सिलन्यास गरिएको छ । यो पटक सिलन्यास कार्यक्रममा कुनैपनि खालको औपचारिक कार्यक्रम भएन । पंण्डितले पुजापाठ गरेर सिलन्यास गरेका हुन ।  चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले संसदकोषबाट ५० लाख रुपैयाँ थारु सांस्कृतिक संग्राहालय निर्माणका लागि रकम विनियोजन गरेपछि संग्राहालय निर्माण गर्न लागिएको संग्राहालयका संरक्षक जयचन्द्र प्रसाद चौधरीले जानकारी दिए ।

तीनतल्ले ढलान सहित एकतल्ले ट्रष्टगरी चारतल्ले भवन निर्माण हुनेछ । तल्लो तलालाई थारु संग्रहालयको रुपमा विकास गरिनेछ । थारुहरुको पुराना ऐतिहासिक, बस्तुहरु संरक्षण गरेर राखिनेछ । यस्तै दोश्रा तल्लामा कार्यक्रम गर्ने सभाहलको रुपमा विकास गर्ने योजना छ । माथिल्लो तल्ला बैदिक पुस्तकालको रुपमा विकास गर्ने गुरुयोजना छ ।  हाल प्राप्त कृष्णभक्त पोखरेलले संसद बिकास कोषवाट विनियोजन गरेको ५० लाख रुपैयाँ भवन निर्माणका लागि खर्च गरिनेछ । संग्रहालय निर्माणका लागि भीमवली मन्दिर परिसरमा आयोजना गरिएको महायज्ञमा संकलन भएको रकम मध्ये केहि रकम यो भवन निर्माणका लागि खर्च गरिनेछ । तर खर्च कतिगर्ने भन्ने विषयमा भने छलफल जारी छ । यो सँगै भवन सम्पन्न गर्न आवश्यक पर्ने अन्य रकम आवश्यकताका आधारमा आर्थिक स्रोत खोज्ने निर्माण समितिको तयारी छ ।

आज गरिएको सिलन्यास कार्यक्रममा भीमवली मन्दिर संरक्षण समितिका अध्यक्ष नन्दप्रसाद भट्टराई, संरक्षक जयचन्द्र प्रसाद चौधरी, उपाध्यक्ष नारायण भट्टराई, सचिव भीष्म खनाल, कालिका ५ का वडा अध्यक्ष जियन महतो, थारु कल्याणकारिणी सभा चितवनका सांस्कृतिक विभाग प्रमुख कमानसिंह चौधरी, समाजसेवी रुदल महतो, स्थानीय लक्ष्मण मर्दनिया, गणेश चौधरी, काजेन्द्र चौधरी, महिला अगुवा भवानी न्यौपाने, कोपिलारिजा, होमनाथ दाहाल भीमवली थारु नारी समुहका प्रतिनिधि, शुभकामना थारु महिला समुहका प्रतिनिधि र साहसी महिला समुहका प्रतिनिधिहरु सहभागी थिए ।

संग्राहालय बन्ने भएपछि स्थानीय खुशी छन् । आज भएको सिलन्यास कार्यक्रममा वडा नं. ५ का सबैजसो थारु टोलले सक्रिय सहभागीता जनाए । कतिपयले त आफ्नो भेषभुषा लगाएरै सिलन्यास कार्यक्रममा पुगेका थिए । ((०))



ट्रेन्डिङ